हुन्डाई आयोनिक ५ ईभी पनि अब १०० किलोवाटमा आउने, मूल्य ९२ लाख ९६ हजार
काठमाडौं – नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५...
काठमाडौं – हुन्डाई गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विश्व कप २०२२ लक्षित “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन ‘हुन्डाई टेस्ट ड्राइभ वाच लाइभ फिफा वर्ल्ड कप २०२२’ को विजेता घोषणा गरेको छ ।
यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन् । ११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत २ जना विजेताहरुको छनौट गरिएको कम्पनीले जनाएको छ । भाग्यशाली विजेताहरुमा शेर बहादुर जिसी र हस्त माया गुरुङ्ग रहेका छन् ।
दुइ विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन् । जसको सम्पूर्ण खर्चहरु हुन्डाई नेपालले व्यहोर्ने जनाएको छ ।
यस योजनामा सहभागी जनाउन १९ जुलाई देखी ३० सेप्टेम्बर सम्म नेपालभरी रहेका हुन्डाईको १७ वटा सोरुमहरुबाट कुनै पनि हुन्डाई गाडीको टेष्ट ड्राइभ गरि आफुलाई रजिष्टर गर्नुपर्ने थियो ।
यस क्याम्पेनले पर्यावरण दिगोपनका लागी हुन्डाईको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको थियो र क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्याधिक चर्चा बटुल्न पनि सफल रह्यो । आफ्ना ग्राहकहरुलाई सदैव आकर्षक योजना तथा उत्कृष्ट उत्पादनको माध्यमबाट हुन्डाई सबैको रोजाईको ब्राण्ड बन्न सफल भएको बताएको छ ।
फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरुलाई जोड्ने लक्ष्य सहितको यस क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५...
हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ६ ले एकै पटक तीन क्याटागोरीमा वर्ल्ड कार...
आयत प्रतिवन्धका कारण नेपाल आउन रोकिएको भेन्यू फेसलिफ्टको अन्तत विक्रेता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...