भारतमा हुन्डाईको बिक्रीलाई पछ्याउँदै टाटा, नेपालको अबस्था के ?

टाटा मोटर्सले आफ्नो कारको बिक्रीलाई हुन्डाई मोटर्सको नजिक पुर्याएको छ । अप्रिल महिनामा भारतमा यी दुई ब्रान्डले बिक्री गरेको कुल कारको संख्यालाई आधार मन्दा हुन्डाई जम्मा २५ सय युनिटले मात्र अगाडी रहेको देखिन्छ । उक्त महिना हुन्डाइले कुल ४४ हजार युनिट कार बिक्री गर्दा टाटाले ४१ हजार ५ सय भन्दा केही बढी मात्र बिक्री गरेको थियो ।

मार्च महिनामा कुल ४४ हजार ६ सय युनिट कार बिक्री गरेको हुन्डाईको उक्त महिना झन्डै १ प्रतिशतले कम कार बिक्री भएको हो । यसैगरी अघिल्लो बर्षको अप्रिल महिनाको तुलनामा भने यो दर १० प्रतिशतले कम रहेको छ । अघिल्लो बर्षको सोही महिना उसले कुल ४९ हजार युनिट कार भारतमा विक्री गरेको थियो । विश्वव्यापी सेमिकन्डक्टर अभावसंग जुधिरहेको हुन्डाईको बिक्री आगामी महिनाहरुमा समेत कम हुने आँकलन गरिएको छ । क्रेटा, भेन्यू, आई२० र औरा सेडान भारतमा सर्बाधिक बिक्री हुने हुन्डाइका मोडल हुन् ।

उता टाटा मोटर्सले भने अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६६ प्रतिशतले बिक्री बढाएको छ । अघिल्लो वर्षको अप्रिल महिनामा टाटाले कुल २५ हजार ९५ युनिट कार बिक्री गरेकोमा यो वर्षको सोही महिनामा बिक्री बढाएर ४१ हजार ५ सय भन्दा बढी पुर्याएको हो । मार्च महिनमा उसले ४२ हजार ३ सय युनिट कार बिक्री गरेको थियो । जुन अप्रिल महिनाको तुलनामा ८ सय युनिटले बढी हो । उक्त महिना बिक्री भएको कुल कारमध्ये टाटाको २ हजार ३ सय युनिट इलेक्ट्रिक कार बिक्री भएका थिए ।

नेपाली बजारमा समेत यी दुई ब्रान्डविच प्रतिस्पर्धा वढिरहेको छ । यद्यपी हालसम्म बिक्रीका हिसावले हुन्डाई टाटा भन्दा निकै अगाडी रहेको देख्न सकिन्छ । हुन्डाइको सर्बाधिक बिक्रि हुने मिडसाइज एसयुभी क्रेटाको प्रतिस्पर्धी टाटासंग नभएको र क्रसओभर सेग्मेन्टमा पनि नेक्नसनको बिक्रीलाई भेन्यूले पछि पारेका कारण हुन्डाईको हिस्सा टाटाको तुलनामा निकै माथी रहेको छ ।

इलेक्ट्रिकमा भने टाटा नेक्सन र टिगोरको माग अत्याधिक रहेपनि आपूर्तीमा देखिएको समस्याका कारण यी दुई कार भनेजति संख्यामा उपलब्ध हुन सकिरहेका छैनन् । जसको सिधा असर टाटाको बृद्धिदरमा देखिएको छ ।

सम्बन्धित समाचारहरू

कम्प्याक्ट एसयूभीमा हुन्डाई क्रेटाको क्रेज कायमै, गत महिना विक्यो १५ हजार ७८६ यूनिट

कम्प्याक्ट एसयूभीमा हुन्डाई क्रेटाको क्रेज कायमै, गत महिना विक्यो १५ हजार ७८६ यूनिट

काठमाडौं– हुन्डाई मोटर्सको सर्बाधिक सफल एसयूभी क्रेटा विगत लामो समयदेखी...

हुन्डाईको अफर : १ करोड ५० लाख रुपैयाँसम्म पर्ने उपकरण ६० देखि ९० लाख रुपैयाँमै पाइने

हुन्डाईको अफर : १ करोड ५० लाख रुपैयाँसम्म पर्ने उपकरण ६० देखि ९० लाख रुपैयाँमै पाइने

हुन्डाई कन्स्ट्रक्सन इक्विप्मेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...