नयाँ कार नेपाल ल्याउन हुन्डाई र सुजुकी बीच प्रतिस्पर्धा

नेपाली बजारमा सर्बाधिक बिक्री हुने दुई ठूला अटो व्रान्ड सुजुकी र हुन्डाई बीच कसले पहिले नयाँ मोडल ल्याउने भन्ने विषयमा प्रतिस्पर्धा देखिएको छ । लामो समयको आयात प्रतिवन्धका कारण भारतीय बजारमा लन्च भएर पनि नेपाल आउन नपाएका दुवै ब्रान्डका नयाँ मोडललाई नेपाल ल्याउने विषयमा प्रतिस्पर्धा देखिएको हो ।

आयात प्रतिवन्ध हटेपछि हुन्डाईले नयाँ भेन्युको बिक्री थालिसकेको छ भने सुजुकीले पनि नयाँ ब्रेजाको सुरुवाती मूल्य ४१ लाख ९९ हजार रुपैयाँ पर्ने जनाउ दिँदै बुकिङ खुल्ला गरेको छ । भेन्यु आउनु अघिबाटै वुकिङ खुल्ला गरेपनि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले नयाँ व्रेजालाई हालसम्म नेपाल भित्र्याउन भने सकिरहेको छैन । भेन्यु र व्रेजा सव–कम्प्याक्ट एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका मोडल हुन् ।

भेन्युको बिक्री शुरु गरे लगत्तै हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटा र ग्रान्ड आई१० नियोस फेसलिफ्टको मूल्य सार्वजनिक गर्दै यी दुई कार छिट्टै नेपाल आउने जनाउ दिइसकेको छ । नयाँ क्रेटाको ६ भेरिएन्ट र ग्रान्ड आई१० नियोस फेसलिफ्टको ४ भेरिएन्ट नेपाल आउने तयारी भइरहेको भन्दै कम्पनीले मूल्य सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको मूल्य अनुसार नयाँ क्रेटा ५२ लाख ५६ हजारदेखि ७८ लाख ९६ हजार रुपैयाँसम्ममा नेपाल आउन लागेको हो भने ग्रान्ड आई१० नियोस फेसलिफ्ट २९ लाख ९६ हजारदेखि ३७ लाख ५६ हजार रुपैयाँ सम्ममा नेपाल आउने तयारीमा छ ।

भारतमा लन्च भएर नेपाल आउन नपाएका सुजुकीका अन्य मोडलमा वलेनो फेसलिफ्ट, नयाँ अल्टो र ग्रान्ड भिटारा रहेका छन् । यी नयाँ मोडल कहिले नेपाल आउँछ भन्ने विषयमा कम्पनीले कुनै जानकारी नदिए पनि नयाँ व्रेजाको बिक्री शुरु भएपछि क्रमशः भित्रिने अनुमान गर्न सकिन्छ । ग्रान्ड भिटाराको पनि बुकिङ खुला भइसकेको छ ।

सुजुकीले ल्याउन लागेको ग्रान्ड भिटाराले क्रेटासँग प्रतिस्पर्धा गर्ने देखिन्छ भने वलेनो फेसलिफ्टको सिधा प्रतिस्पर्धा ग्रान्ड आई१० नियोस फेसलिफ्टसँग हुनेछ । नयाँ अल्टो भने इन्ट्री लेवल ह्याचव्याक कार हो ।

सम्बन्धित समाचारहरू

हुन्डाईका गाडी टेस्ट ड्राइभ गर्दा फिफा विश्वकप २०२६ खेल प्रत्यक्ष हेर्ने अवसर

हुन्डाईका गाडी टेस्ट ड्राइभ गर्दा फिफा विश्वकप २०२६ खेल प्रत्यक्ष हेर्ने अवसर

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

भोलि नेपाली बजारमा नयाँ जेनेरेसन हुन्डाई आई२० को भर्चुअल लन्च हुँदै

भोलि नेपाली बजारमा नयाँ जेनेरेसन हुन्डाई आई२० को भर्चुअल लन्च हुँदै

काठमाडौं – भोलि बिहीबार नेपाली बजारमा नयाँ जेनेरेसनको हुन्डाई आई२०...

भनेकै समयमा पाइदैनन् यी कार, किन्नका लागि लामो समय प्रतीक्षा गर्नु पर्ने

भनेकै समयमा पाइदैनन् यी कार, किन्नका लागि लामो समय प्रतीक्षा गर्नु पर्ने

फेस्टिभ सिजन सुरु भइसकेको छ । वर्षको अन्य दिनभन्दा यो सिजनमा अटोमोबाइल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...