हुन्डाईको नयाँ एसयूभीको नाम एक्सटर हुने, टाटा पन्चको प्रतिस्पर्धी बन्ने
हुन्डाईले छिट्टै एउटा सानो नयाँ एसयूभी एक्सटर ल्याउने भएको छ । कम्पनीले...
हुन्डाईले आफ्नै ईभी ब्याट्री विकास र निर्माण गर्न नयाँ डेडिकेटेड प्लान्ट सुरु गरेको छ । कार निर्माताले अप्रिल ७ मा आफ्नो उत्पादन डिभिजन अन्तर्गत बी टास्क फोर्स (टिएफटी) तयार गरेर ब्याट्रीको विकास थालेको हो ।
चिनियाँ ईभी निर्माता बीवाईडीले पाँच मिनेटको चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने नयाँ ‘सुपर ई–प्लेटफर्म’ सार्बजनिक गरेपछि हुन्डाई पनि ब्याट्री उत्पादनमा अग्रसर बनेको हो ।
नयाँ कार्यदलमा हुन्डाई मोटर समूहका धेरै शीर्ष ब्याट्री विशेषज्ञहरू समावेश छन् । यसको नेतृत्व कार्यकारी उपाध्यक्ष जंग जुन–च्युलले गर्ने जनाइएको छ । प्रमुख व्यक्तित्वहरूमा ईभी ऊर्जा समाधानहरूको निरीक्षण गर्ने वरिष्ठ उपाध्यक्ष किम चाङ–ह्वान, ब्याट्री विकास प्रमुख चोई जे–हुन, साथै ली वू–सुङ (विद्युतीकरण ऊर्जा समाधान), सियो जंग–हुन (ब्याट्री डिजाइन), र किम डोङ–जियोन (ब्याट्री सेल विकास) समावेश छन् ।
हाल, हुन्डाई र यसको भगिनी कम्पनी कियाले एलजी इनर्जी सोलुसन र एसके अन जस्ता आपूर्तिकर्ताहरूबाट ईभी ब्याट्री खरिद गर्दै आएको छ । त्यसोत हुन्डाई मोटर्सले यसअघि नै ब्याट्री डेभलप्मेन्ट यूनिट स्थापना गरिसकेको छ र कोना इलेक्ट्रिक, क्यास्पर इलेक्ट्रिक, र कियाको ईभी३ जस्ता केही मोडेलहरूमा पहिले नै हुन्डाई मोटर ग्रुप र एलजी इनर्जी सोलुसनद्वारा संयुक्त रुपमा विकास गरिएका ब्याट्री प्रयोग गरिएको छ ।
दुबै कम्पनीहरूले गत जुलाईमा इन्डोनेसियामा संयुक्त ब्याट्री सेल उद्यम, एचएलआई ग्रीन पावर सुरु गरेका थिए ।आफैले ब्याट्री उत्पादन थालेपछि यसको खरिद लागत कम पर्ने र चिनियाँ ईभीसंग प्रतिस्पर्धा गर्न सकिने हुन्डाईले विश्वास लिएको छ ।
हुन्डाईले छिट्टै एउटा सानो नयाँ एसयूभी एक्सटर ल्याउने भएको छ । कम्पनीले...
कोरियन कार निर्माता कम्पनी हुन्डाई मोटर्सले माइक्रो एसयूभी क्यास्परको...
कोरियन अटो निर्माता हुन्डाई विश्वको तेस्रो ठूलो अटो उत्पादक वनेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...