हुन्डाईको सबैभन्दा सानो एसयूभीको नाम हुनेछ क्यास्पर

हुन्डाईले ‘एएक्स१’ कोडनेम दिएर विकास गरिरहेको सबैभन्दा सानो एसयूभीको नाम ‘क्यास्पर’ हुने भएको छ । हुन्डाईको उक्त एसयूभीको स्पाई तस्बिर कोरियन अनलाइनहरुले सार्वजनिक गरेका छन् ।

प्रारम्भमा भारतीय बजारका लागि विकास गरिने सो एसयूभी युरोपेली बजारमा समेत उपलब्ध हुने र कोरियामा यसको इलेक्ट्रिक भर्सन समेत आउन सक्ने बताइएको छ ।

हुन्डाई एएक्स१ कम्पनीले के१ प्लेटफर्ममा विकास गरिरहेको सानो कार हो र यसले भारत जस्ता विकासोन्मुख बजारलाई लक्ष्यित गर्ने बताइएको छ । हुन्डाईले गत वर्षको सेप्टेम्बरमै क्यास्पर ट्रेडमार्क कोरियन इन्टेलेक्चुअल प्रोपर्टी राइट्स अफिसमा दर्ता गरेको थियो । हाल यो परीक्षण र अन्तिम स्वीकृतिको अवस्थामा रहेको बताइएको छ ।

क्यानभास र स्टिकर क्यामोफ्ल्यागमा सो एसयूभी पुरै नदेखिए पनि यसमा ट्रयांगुलर ग्रिल प्यार्टन वा राउन्डेड हेडल्याम्प देख्न सकिन्छ । यो हुन्डाई कोना जस्तो देखिन्छ । त्यसैगरी यसको साइज आई१० वा पिकान्टो जस्तो देखिए पनि अलि अग्लो लाग्छ ।

यसको वारेमा थप विवरण समेत सार्वजनिक भएको छ । यसको लम्बाई ३५९५ एमएम, चौडाई १५९५ एमएम र उचाई १५७५ एमएम छ । यो कम्प्याक्ट कारका लागि कोरियन स्ट्यान्डर्ड अनुसार छ ।

त्यसैगरी यसमा हुन्डाई आई१० वा किया पिकान्टोमा भए जस्तै १.० लिटरको इन्जिन हुनेछ ।

सम्बन्धित समाचारहरू

२०३० सम्ममा २६ नयाँ मोडल ल्याउने हुन्डाईको तयारी, कुन–कुन आउँदै ?

२०३० सम्ममा २६ नयाँ मोडल ल्याउने हुन्डाईको तयारी, कुन–कुन आउँदै ?

काठमाडौं–हुन्डाईले २०३० सम्ममा भारतिय बजारका लागि २६ नयाँ मोडेलहरू...

जुन १६ मा लन्च हुँदैछ नयाँ हुन्डाई भेन्यु : यस्तो हुनेछ विशेषता

जुन १६ मा लन्च हुँदैछ नयाँ हुन्डाई भेन्यु : यस्तो हुनेछ विशेषता

हुन्डाईको सबैभन्दा लोकप्रिय सानो साइजको एसयूभी भेन्युको अपडेट भर्सन लन्च...

परीक्षणका क्रममा देखियो हुन्डाई एक्सटरको फेसलिफ्ट, के–के हुँदैछ अपडेट

परीक्षणका क्रममा देखियो हुन्डाई एक्सटरको फेसलिफ्ट, के–के हुँदैछ अपडेट

हुन्डाईले आफ्नो सबैभन्दा सानो एसयुभी एक्सटरको फेसलिफ्ट भर्सन लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...