हुन्डाईको आयोनिक ६ आउँदै, जुलाई १४ मा सार्वजनिक हुने अनुमान
हुन्डाईले चाँडै नै आफ्नो नयाँ इलेक्ट्रिक कार हुन्डाई आयोनिक ६ लन्च गर्ने...
कोरियन अटो निर्माता हुन्डाई मोटर्सल हाइड्रोजन सेल प्रविधीमा आधारित कारको कन्सेप्टलाई पहिलोपटक वाहिर ल्याएको छ । कोरियामा आयोजना भैरहेको वुसान अटो सोमा उसले हुन्डाई एन भिजन ७४ को कन्सेप्ट वाहिर ल्याएको हो । यो नयाँ कारको डिजाइनलाई कम्पनीले १९७४ को पोनी कुपेप्रति समर्पित गरेको छ ।
यो नयाँ कारमा २ वटा रियर–माउन्टेड इलेक्ट्रिक मोटर जडान गरिनेछ । जसको संयुक्त पावर ६७९ एचपी रहने बताइएको छ । कारमा ९५ किलोवाटको हाइड्रोजन फ्युल सेल जडान गरिनेछ र यसलाई चार्ज गर्न ६२.४ किलोवाट आवरको व्याट्री राखिनेछ ।
यसमा जडान गरिएको व्याट्री एकदमै छिटो चार्ज हुने र ५ मिनेट भित्रमै ४.२ केजी हाइड्रोजनलाई पगालेर ट्याँकिमा पठाउनेछ । यसरी ट्यांकिमा भरिएको हाइड्रोजनले ५९५ भन्दा बढी किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यो कारमा व्याट्री, फ्युल सेल र मोटर कन्ट्रोलरलाई कुल वनाइराख्न विशेष प्रकारको कुलान्ट च्यानल फिट गरिनेछ ।
यो नयाँ कारको उत्पादन कहिलेबाट शुरु हुन्छ भन्ने विषयमा हुन्डाई मोटर्स हालसम्म कुनै जानकारी वाहिर ल्याएको छैन । यद्यपी इलेक्ट्रिक कारको विकल्पका रुपमा लिइँदै आएको हाइड्रोजन सेलमा आधारित कारको बजारले गती लिन थालेसंगै यसको निर्माणलाई तिव्रता दिने अनुमान भने लगाइएको छ ।
हुन्डाईले चाँडै नै आफ्नो नयाँ इलेक्ट्रिक कार हुन्डाई आयोनिक ६ लन्च गर्ने...
हुन्डाई र कियाका ईभीले सबैभन्दा छिटो चार्ज हुने ईभीको सूचीमा अग्रता लिएका...
भारतमा नयाँ पुस्ताको भेन्युको परीक्षण सुरु भएको छ । नयाँ पुस्ताको हुन्डाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...