हुन्डाई स्यान्ट्रोः ७ लाख ७० हजार मूल्य अन्तर भएको एरा र आस्टा मोडलमा यस्तो छ भिन्नता

ह्याचब्याक सेग्मेन्टमा सर्बाधिक रुचाइने मोडलमा पर्छ हुन्डाई स्यान्ट्रोे । भिन्न ५ भेरिएन्टमा उपलब्ध यो कारको मूल्य भेरिएन्ट पिच्छे फरक छ । बेस भेरिएन्टको एरा मोडलको मूल्य २४ लाख ५६ हजार रुपैयाँ पर्छ भने अर्को मोडल म्याग्ना म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । म्याग्ना म्यानुअलको मूल्य २६ लाख ९६ हजार रुपैयाँ पर्छ । त्यसैगरी अटोमेटिक ट्रान्समिसनको ३० लाख ५६ हजार तोकिएको छ । यसको स्पोर्टज् भेरिएन्टको २९ लाख २६ हजार र टप भेरिएन्ट आस्टाको ३२ लाख २६ हजार रुपैयाँ पर्छ ।

बाहिर र भित्रबाट हेर्दा सबै मोडल उस्तै देखिएपनि भेरिएन्ट पिच्छे मूल्य भने फरक पर्नुमा फिचर्सले भूमिका खेलेको हुन्छ । लुक्स्मात्र होइन यी सबै भेरिएन्टको डाइमेन्सन, पावर, टर्क, माइलेज र ग्राउन्ड क्लियरेन्स समेत एकै प्रकारको भए पनि बेस र टप भेरिएन्टमा उपलब्ध फिचर्समा भने केही फेरबदल गरिएको हुन्छ ।

सोही अन्तरका कारण यसको मूल्यमा समेत फरक भेटिएको हो । बेस भेरिएन्टको एरामा प्रायः नभई नहुने बेसिक फिचर्समात्र उपलब्ध गराइएको छ । जसले यसलाई सस्तो समेत बनाएको छ भने टप भेरिएन्टमा केही यस्ता फिचर्स थप गरिएका छन्, जसले कारलाई लक्जरियस र सुबिधासम्पन्न बनाएको छ । सोही बिशेषताका कारण यसको मूल्य समेत महंगो पर्न गएको हो ।

जस्तो कि एरामा उपलब्ध नगराइएका सेफ्टी फिचर्सः सेन्ट्रल लकिङ, फ्रन्ट फग ल्याम्प, रियर डिफगर, पार्किङ असिस्ट सिस्टम, कीलेस इन्ट्रि, प्यासेन्जर सिटमा एयरब्याग, स्पिड सेन्सिङ अटो डोर लक र इम्प्याक्ट सेन्सिङ अटो डोर लक जस्ता फिचर्स टप भेरिएन्टको आस्टामा उपलब्ध गराइएको छ ।

एक्स्टेरियरको कुरा गर्नुपर्दा यी दुबै भेरिएन्टमा खासै अन्तर देखिदैन, यद्यपि आस्टामा दिइएको क्रोम सराउन्ड फ्रन्ट ग्रिल, आउटसाइड डोर मिरर, आउटसाइड डोर ह्यान्डल र अलोय ह्विल जस्ता फिचर्स एरामा दिइएको छैन । इन्टेरियर भने सबै मोडलमा एकै प्रकारको छ ।

यी दुई भेरिएन्टमा सर्बाधिक फेरबदल भएको पक्ष भनेको यसको इन्फोटेनमेन्ट र आरामदायी फिचर्स नै हो । जस्तो आस्टामा दिइएको १७.६४ सेन्टिमिटरको टचस्क्रिन अडियो भिडियो सिस्टम विथ स्मार्ट फोन नेभिगेसन र एमार्ट फोन कनेक्टिभिटी अन्तर्गतको एन्ड्रोइड अटा, एप्पल कारप्ले र मिरर लिंकजस्ता फिचर एरा मोडलमा भेटिदैन ।

त्यसैगरी ब्लुतुथ र युएसबी कनेक्टिभिटी, भ्वाइस रिकग्निसन, हुन्डाई आइ ब्लु टेक्नोलोजी, माइक्रो एन्टेना र स्पिकर जस्ता फिचर्स आस्टामा थप गरिएको छ । एरामा पावर विन्डो अगाडिमात्र दिइएको छ भने आस्टामा अगाडि र पछाडि दुबै भागमा पावर विन्डो दिइएको छ ।

बाहिरको डोर मिररलाई इलेक्ट्रिकल्ली मिलाउन मिल्ने सुबिधा आस्टामा थप गरिएको छ । यसको अतिरिक्त आस्टामा उपलब्ध गराइएको रियर वासर एन्ड वाइपर र प्यासेन्जर भ्यानिटी मिरर जस्ता फिचर्स बेस मोडलको एरामा उपलब्ध छैन ।

सम्बन्धित समाचारहरू

भारतमा हुन्डाईको बिक्रीलाई पछ्याउँदै टाटा, नेपालको अबस्था के ?

भारतमा हुन्डाईको बिक्रीलाई पछ्याउँदै टाटा, नेपालको अबस्था के ?

टाटा मोटर्सले आफ्नो कारको बिक्रीलाई हुन्डाई मोटर्सको नजिक पुर्याएको छ ।...

अव विद्युतीय गाडी पनि एक्सचेन्ज गर्न सकिने, हुन्डाईले ल्यायो अफर

अव विद्युतीय गाडी पनि एक्सचेन्ज गर्न सकिने, हुन्डाईले ल्यायो अफर

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...

हुन्डाईले ल्यायो फेस्टिभ डिलाइट २०७८, गाडी किन्दा ३ लाख सम्म छुट, बम्परमा आई२० उपहार

हुन्डाईले ल्यायो फेस्टिभ डिलाइट २०७८, गाडी किन्दा ३ लाख सम्म छुट, बम्परमा आई२० उपहार

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितर लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...