हुन्डाईका इलेक्ट्रिक कार किन्न अब ९.९९ प्रतिशत ब्याजदर
काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
ह्याचब्याक सेग्मेन्टमा सर्बाधिक रुचाइने मोडलमा पर्छ हुन्डाई स्यान्ट्रोे । भिन्न ५ भेरिएन्टमा उपलब्ध यो कारको मूल्य भेरिएन्ट पिच्छे फरक छ । बेस भेरिएन्टको एरा मोडलको मूल्य २४ लाख ५६ हजार रुपैयाँ पर्छ भने अर्को मोडल म्याग्ना म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । म्याग्ना म्यानुअलको मूल्य २६ लाख ९६ हजार रुपैयाँ पर्छ । त्यसैगरी अटोमेटिक ट्रान्समिसनको ३० लाख ५६ हजार तोकिएको छ । यसको स्पोर्टज् भेरिएन्टको २९ लाख २६ हजार र टप भेरिएन्ट आस्टाको ३२ लाख २६ हजार रुपैयाँ पर्छ ।
बाहिर र भित्रबाट हेर्दा सबै मोडल उस्तै देखिएपनि भेरिएन्ट पिच्छे मूल्य भने फरक पर्नुमा फिचर्सले भूमिका खेलेको हुन्छ । लुक्स्मात्र होइन यी सबै भेरिएन्टको डाइमेन्सन, पावर, टर्क, माइलेज र ग्राउन्ड क्लियरेन्स समेत एकै प्रकारको भए पनि बेस र टप भेरिएन्टमा उपलब्ध फिचर्समा भने केही फेरबदल गरिएको हुन्छ ।
सोही अन्तरका कारण यसको मूल्यमा समेत फरक भेटिएको हो । बेस भेरिएन्टको एरामा प्रायः नभई नहुने बेसिक फिचर्समात्र उपलब्ध गराइएको छ । जसले यसलाई सस्तो समेत बनाएको छ भने टप भेरिएन्टमा केही यस्ता फिचर्स थप गरिएका छन्, जसले कारलाई लक्जरियस र सुबिधासम्पन्न बनाएको छ । सोही बिशेषताका कारण यसको मूल्य समेत महंगो पर्न गएको हो ।
जस्तो कि एरामा उपलब्ध नगराइएका सेफ्टी फिचर्सः सेन्ट्रल लकिङ, फ्रन्ट फग ल्याम्प, रियर डिफगर, पार्किङ असिस्ट सिस्टम, कीलेस इन्ट्रि, प्यासेन्जर सिटमा एयरब्याग, स्पिड सेन्सिङ अटो डोर लक र इम्प्याक्ट सेन्सिङ अटो डोर लक जस्ता फिचर्स टप भेरिएन्टको आस्टामा उपलब्ध गराइएको छ ।
एक्स्टेरियरको कुरा गर्नुपर्दा यी दुबै भेरिएन्टमा खासै अन्तर देखिदैन, यद्यपि आस्टामा दिइएको क्रोम सराउन्ड फ्रन्ट ग्रिल, आउटसाइड डोर मिरर, आउटसाइड डोर ह्यान्डल र अलोय ह्विल जस्ता फिचर्स एरामा दिइएको छैन । इन्टेरियर भने सबै मोडलमा एकै प्रकारको छ ।
यी दुई भेरिएन्टमा सर्बाधिक फेरबदल भएको पक्ष भनेको यसको इन्फोटेनमेन्ट र आरामदायी फिचर्स नै हो । जस्तो आस्टामा दिइएको १७.६४ सेन्टिमिटरको टचस्क्रिन अडियो भिडियो सिस्टम विथ स्मार्ट फोन नेभिगेसन र एमार्ट फोन कनेक्टिभिटी अन्तर्गतको एन्ड्रोइड अटा, एप्पल कारप्ले र मिरर लिंकजस्ता फिचर एरा मोडलमा भेटिदैन ।
त्यसैगरी ब्लुतुथ र युएसबी कनेक्टिभिटी, भ्वाइस रिकग्निसन, हुन्डाई आइ ब्लु टेक्नोलोजी, माइक्रो एन्टेना र स्पिकर जस्ता फिचर्स आस्टामा थप गरिएको छ । एरामा पावर विन्डो अगाडिमात्र दिइएको छ भने आस्टामा अगाडि र पछाडि दुबै भागमा पावर विन्डो दिइएको छ ।
बाहिरको डोर मिररलाई इलेक्ट्रिकल्ली मिलाउन मिल्ने सुबिधा आस्टामा थप गरिएको छ । यसको अतिरिक्त आस्टामा उपलब्ध गराइएको रियर वासर एन्ड वाइपर र प्यासेन्जर भ्यानिटी मिरर जस्ता फिचर्स बेस मोडलको एरामा उपलब्ध छैन ।
काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
हुन्डाई मोटर ग्रुपको लक्जरी भेइकल डिभिजन जेनेसिसले बजारमा ल्याउने घोषणा...
भारतमा केही समय पहिले सार्वजनिक भएको हुन्डाई क्रेटा ईभी नेपाली बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...