पिकअप सेगमेन्टमा अर्को प्रतिस्पर्धि थपिने, हुन्डाईले सार्वजनिक ग-यो सान्ता क्रुज पिकअप

हुन्डाईले लाइफस्टाइल पिकअप सान्ता क्रुज अमेरिकामा सार्वजनिक गरेको छ । हुन्डाई सान्ताक्रुज वास्तवमा हुन्डाईको पछिल्लो जेनेरेसन टक्सन (टुसान) को पिकअप संस्करण हो । यो एक मोनोकक आर्किटेक्चरमा आधारित छ ।

हुन्डाई सान्ता क्रुजमा च्यासिसका विभिन्न भाग टुसानकै प्रयोग गरिएको छ, यद्यपि यसमा २४९ एमएम लामो ह्विलबेस छ । त्यसैगरी यो टुसानको तुलनामा ३१५ एमएम लामो र ६६ एमएम चौडा छ ।

उबडखाबड सडकमा समेत यसलाई प्रयोग गर्ने गरी यसको डिजाइन गरिएको छ । त्यसैगरी बिल्ट–इन डे टाइम रनिङ लाइट र स्प्लिट हेडल्याम्प लुकका साथ यसमा प्रयोग गरिएको ग्रिलले आँखालाई लोभ्याउछ । उच्च गुणस्तरीय टायर र यस्तै विभिन्न विशेषताले यसलाई अझ आकर्षक बनाएको छ ।

सान्ता क्रुजमा २.५ लिटरको नेचुरल्ली एस्पिरेटेड टर्बोचार्ज्ड गरी दुई इन्जिन विकल्प उपलब्ध छ । पहिलोले १९० एचपी पावर र २४४ एनएम टर्क दिन्छ भने दोस्रोले २७५ एचपी पावर र ४२० एनएम टर्क दिन्छ । पहिलोमा ८–स्पिड अटोमेटिक र दोस्रोमा ८–स्पिड टर्क कन्भर्टर छ, जुन टुसानमा समेत छ । दोस्रोमा डीसीटी छ । यसको क्याबिन टुसान जस्तै टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम सहितको छ ।

अहिले नै नेपाली बजारमा उपलब्ध नभए पनि भविष्यमा यो नेपाली बजारमा समेत आउन सक्छ । नेपाली बजारमा हाल उपलब्ध टाटा जेनोन, महिन्द्रा स्कोर्पियो र इसुजु भी–क्रस पिकअपसँग यसको प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा समेत कार पारखीहरु बढिरहेका छन् । इन्ट्री लेवल देखि...

नयाँ कलर अप्सन र ६ ड्राइभिङ मोड सहित हुन्डाई भेन्युको नयाँ मोडल लन्च

नयाँ कलर अप्सन र ६ ड्राइभिङ मोड सहित हुन्डाई भेन्युको नयाँ मोडल लन्च

हुन्डाईले आफ्नो लोकप्रिय मिनी एसयूभी भेन्युको नयाँ मोडल लन्च गरेको छ ।...

हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने

हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने

काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...