हुन्डाईको अफर : १ करोड ५० लाख रुपैयाँसम्म पर्ने उपकरण ६० देखि ९० लाख रुपैयाँमै पाइने

हुन्डाई कन्स्ट्रक्सन इक्विप्मेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ। 

यो योजनाअन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एस्काभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ। ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन्।

नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख नेपाली रुपैयाँसम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्नेछन्। यसअघि ३६१ घण्टादेखि बढीमा २९५० घण्टासम्म प्रयोग गरिएका यी सेकेन्ड ह्यान्डका उपकरणहरू अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा छन्।

‘हुन्डाई स्मार्ट प्रमिस’ का हरेक एस्काभेटरहरूमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टी छ। साथै, हुन्डाई मेन्टेनेन्स कन्ट्रयाक्ट (एचएमसी) प्याकेजअन्तर्गत निश्चित युनिटका एस्काभेटरहरूमा ६ महिना, ८ महिना वा ९ महिनाको निःशुल्क मर्मत गरिने व्यवस्था छ। यस योजनाका मेसिनहरू हुन्डाईको काठमाडौं, हेटौँडा र बुटवलका सोरुममा उपलब्ध छन्। ग्राहकले आफूलाई सहज हुने योजनाअनुसार लागत भुक्तानी गरी उपकरणहरू खरिद गर्न सक्नेछन्।

हुन्डाई कन्स्ट्रक्सन नेपालको हेभी निर्माण उपकरण बजारमा प्रमुख हिस्सा ओगटेको कम्पनी हो। कम्पनीले उच्च पर्फमेन्स गर्ने ‘नेपालको नम्बर १ एस्काभेटर’ उपकरण निर्माण गर्दछ। हुन्डाई कन्स्ट्रक्सनका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन र खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मेन्टको रूपमा रहँदै आएको कम्पनीको भनाइ छ।  

सम्बन्धित समाचारहरू

सार्वजनिक भयो हुन्डाईको आकर्षक स्पोर्टी कार आई२० एन लाइन, बुकिङ सुरु

सार्वजनिक भयो हुन्डाईको आकर्षक स्पोर्टी कार आई२० एन लाइन, बुकिङ सुरु

हुन्डाईले मंगलबार भारतमा नयाँ कार हुन्डाई आई२० एन लाइन आधिकारिक रुपममा...

यस्तो हुनेछ क्रेटा फेसलिफ्टको इन्टेरियर, जनवरी १६ मा लन्च हुने

यस्तो हुनेछ क्रेटा फेसलिफ्टको इन्टेरियर, जनवरी १६ मा लन्च हुने

हुन्डाईले १८ दिनपछि बजारमा ल्याउने तयारी थालेको क्रेटा फेसलिफ्टको स्पाई...

भक्तपुरको ‘राधे राधे’ मा खुल्यो हुन्डाईको सुविधा सम्पन्न शोरुम

भक्तपुरको ‘राधे राधे’ मा खुल्यो हुन्डाईको सुविधा सम्पन्न शोरुम

काठमाडौं – नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...