हुवावेको स्मार्ट प्रविधिसहित डोङफेङ एम–हिरो एक्स७०० एसयूभी सार्वजनिक
काठमाडौं–चिनियाँ अटोमोबाइल निर्माता डोङफेङले हुवावेको अत्याधुनिक...
हुन्डाईले भारतमा आफ्नो सबैभन्दा किफायती कम्प्याक्ट इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले यसको कोडनेम एचईवनआई राखेको छ । सो नयाँ इलेक्ट्रिक एसयूभी २०२६ को अन्त्यसम्म लन्च हुने अपेक्षा गरिएको छ।
नयाँ इलेक्ट्रिक एसयूभी हुन्डाईको ईजीएमपीके प्लेटफर्ममा आधारित हुनेछ। नयाँ एसयूभी स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी २ भेरियन्टमा लन्च हुन सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने इन्स्टर ईभीमा ४२ किलोवाट आवर र ४९ किलोवाट आवरका ब्याट्री विकल्प रहेको छ, जसले करिब ३०० देखि ३५५ किलोमिटरसम्मको रेन्ज दिन्छ। यद्यपि भारतमा आउने एचईवनआईको ब्याट्री र रेन्ज भने आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन।
यसमा नयाँ पुस्ताको इन्फोटेनमेन्ट सिस्टम, लेभल २ एडास, ड्युअल १०.२५ इन्च डिस्प्ले, ३६० डिग्री क्यामेरा र अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता अतिरिक्त प्रिमियम फिचर पनि उपलब्ध दिइनेछ ।
हुन्डाईको पोर्टफोलियोमा क्रेटा इलेक्ट्रिकभन्दा तल रहने सो नयाँ एसयूभीले भारतमा लन्च भएपछि टाटा नेक्सन ईभी, महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभी र किया साइराेस ईभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। यसको मूल्य भने लन्चको समयमा मात्र घोषणा गरिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...