हुन्डाईको नयाँ रणनीति : बिक्री वृद्धि, स्थानीय उत्पादन र ईभी विस्तार
काठमाडौं–भारतमा हुन्डाई मोटर इन्डियाले आर्थिक वर्ष २०२७ मा घरेलु बजारमा ८...
हुन्डाईले भारतीय बजारमा नयाँ एसयूभी बायोन लन्च गरेको छ । क्रेटाभन्दा तल्लो श्रेणीमा राखिएको बायोन आकर्षक डिजाइन र आधुनिक प्रविधिका कारण ग्राहकका लागि नयाँ विकल्प बन्न सक्ने अनुमान गरिएको छ । बायोन र क्रेटा दुवै एसयूभीमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ । तर डिजाइन, आकार, फिचर, मूल्य र इन्जिन विकल्पमा यी दुई गाडीबीच विभिन्न भिन्नताहरु छन्।
हुन्डाई बायोनको एक्स शोरूम मूल्य ९ लाख ९९ हजार भारु छ भने क्रेटाको मूल्य १० लाख ९१ हजार भारु छ। यस आधारमा बायोनको सुरुवाती मूल्य क्रेटाभन्दा ९२ हजार भारु कम छ । टप भेरियन्टमा बायोनको अधिकतम मूल्य १८ लाख भारु र क्रेटाको २० लाख ४६ हजार भारु रहेको छ। यसले गर्दा टप भेरियन्टमा बायोन २ लाख ४६ हजार भारु सस्तो पर्न सक्छ।
हुन्डाई क्रेटाको लम्बाइ ४३३० एमएम र उचाइ १६३५ एमएम छ। यसको तुलनामा बायोनको लम्बाइ ४२४५ एमएम र उचाइ १५७० एमएम छ। अर्थात् बायोन क्रेटाभन्दा ८५ एमएम छोटो र ६५ एमएम होचो छ।बायोनको चौडाइ १८१० एमएम छ भने क्रेटाको १७९० एमएम छ। यसअनुसार बायोन क्रेटाभन्दा २० एमएम चौडा छ।क्रेटाको ह्विलबेस २६१० एमएम र बायोनको २६०० एमएम छ।
बायोनमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १२.३ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छ। क्रेटामा भने १०.२५ इन्चका इन्फोटेनमेन्ट र डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छ । बायोनमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो उपलब्ध छ। क्रेटामा भने वायरलेस स्मार्टफोन कनेक्टिभिटीका लागि एडाप्टर आवश्यक पर्नेछ। दुवै एसयूभीमा अटोमेटिक एलईडी हेडल्याम्प, एलईडी फगल्याम्प, एलईडी टेलल्याम्प, छानाको रेलिङ, वायरलेस फोन चार्जर, ८ वटा स्पिकर भएको बोस अडियो सिस्टम, कनेक्टेड कार प्रविधि र वायरलेस फोन चार्जिङजस्ता फिचर उपलब्ध छ।
साथै भेन्टिलेटेड फ्रन्ट सिट, सनरुफ, पुश-बटन स्टार्ट/स्टप, क्रूज कन्ट्रोल र ३६० डिग्री क्यामेरा, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, रेन सेन्सिङ वाइपर र लेभल-२ एडास जस्ता सेफ्टी फिचर उपलब्ध छ । बायोनमा १७ इन्चको अलोय ह्विल दिइएको छ भने क्रेटामा १८ इन्चको अलोय ह्विल उपलब्ध छ। बायोनमा सिंगल-जोन क्लाइमेट कन्ट्रोल उपलब्ध छ भने क्रेटामा ड्युअल जोन सिस्टम दिइएको छ।
बायोनमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन उपलब्ध छ। यसले ११५ पीएस पावर र १४४ एनएम टर्क उत्पादन गर्छ। यसमा ६ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक ट्रान्समिसनको विकल्प छ।क्रेटामा पनि यही क्षमताको १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन उपलब्ध छ। यसको पावर र टर्क पनि बायोनकै बराबर छ। यसमा पनि ६ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक ट्रान्समिसनको विकल्प उपलब्ध छ।
तर क्रेटामा थप इन्जिन विकल्प रहेको छ । यसमा १.५ लिटर टर्बो-पेट्रोल इन्जिन उपलब्ध छ, जसले १६० पीएस पावर र २५३ एनएम टर्क उत्पादन गर्छ। सो इन्जिन ७ स्पिड ड्युअल क्लच ट्रान्समिसनसँग जोडिएको छ। क्रेटामा १.५ लिटर डिजेल इन्जिनको विकल्प पनि छ। यसले ११६ पीएस पावर र २५० एनएम टर्क उत्पादन गर्छ। डिजेल इन्जिनमा ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प उपलब्ध छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...