हुन्डाईको प्रिमियम ह्याचब्याक आई३० स्पोर्टी लुकमा आउँदै

हुन्डाई मोटर्सले यो वर्ष निकै आक्रामक रुपमा आफ्नो उत्पादन भारतमा लन्च गर्दैछ । विगतमा भेन्यु फेसलिफ्ट लन्च गरेपछि कम्पनीले प्रिमियम एसयूभी हुन्डाई टुसान सार्वजनिक गरेको थियो र अब आउने समयमा पनि कम्पनीले धेरै नयाँ उत्पादन भारतीय बजारमा ल्याउने संकेत गरेको छ ।

रिपोर्टका अनुसार प्रिमियम ह्याचब्याक कार हुन्डाई आई३० आगामी केही वर्षमा भारतमा लन्च गरिदै छ । यसमा बोल्ड डिजाइन र स्पोर्टी लुकका साथसाथै धेरै उन्नत फिचरहरु समावेश गर्नेछ । हुन्डाई कम्पनीको आधिकारिक वेबसाइटमा पनि आई३० बारे जानकारी दिइएको छ ।

हुन्डाईको वेबसाइटमा देखिएको तस्विर अनुसार सो प्रिमियम ह्याचब्याकको लम्बाइ लामो हुनेछ र स्पोर्टी फ्रन्ट लुक हुनेछ । हुन्डाई आई३० मा स्पोर्टी ग्रिल र हेडल्याम्प, लक्जरी टेलल्याम्प र फराकिलो टायरहरू देखिनेछन् ।

सो एसयूभीमा वायरलेस स्मार्टफोन कनेक्टिभिटी, वायरलेस चार्जिङ, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुलिङ्क जडान गरिएको कार टेक्नोलोजी, एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम, उन्नत ड्यासबोर्ड र एम्बियन्ट लाइट जस्ता फिचर हुनेछ । यस प्रिमियम ह्याचब्याकमा लेदर र भेन्टिलेटेड सिट पनि दिइने सम्भावना छ ।

हुन्डाई आई३० मा शक्तिशाली इन्जिन देख्न सकिन्छ र सो इन्जिन ४८भी माइल्ड हाइब्रिड सिस्टमका साथै आईएमटी विकल्पमा आउनेछ । माइलेजको हिसाबले यसको सेग्मेन्टका अन्य कारहरू भन्दा आई३० राम्रो हुने विश्वास गरिएको छ । यद्यपि यो कार भारतमा लन्च गर्ने बारे जानकारी भने खुलाइएको छैन । नेपालमा पनि त्यही अनुसार विस्तारै उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

डिलरशिपमा पुग्न थाल्यो क्रेटा फेसलिफ्ट, ८ दिनपछि लन्च हुँदै

डिलरशिपमा पुग्न थाल्यो क्रेटा फेसलिफ्ट, ८ दिनपछि लन्च हुँदै

हुन्डाईले अपडेटेड क्रेटालाई भारतभरका डिलरशिपहरूमा पठाउन थालेको छ । अवको ८...

हुन्डाई र टीभीएसको साझेदारीले पायो औपचारिकता, इलेक्ट्रिक थ्री ह्विलर निर्माण गर्ने

हुन्डाई र टीभीएसको साझेदारीले पायो औपचारिकता, इलेक्ट्रिक थ्री ह्विलर निर्माण गर्ने

हुन्डाई मोटर कर्पोरेसन र टीभीएस मोटर कम्पनीले लास्ट माइल कनेक्टिभिटीको...

लक्जरी ब्रान्ड जेनेसीसलाई भारतमै एसेम्वल गर्ने तयारीमा हुन्डाई मोटर्स

लक्जरी ब्रान्ड जेनेसीसलाई भारतमै एसेम्वल गर्ने तयारीमा हुन्डाई मोटर्स

हुन्डाई मोटर्सले आफ्नो लक्जरी ब्रान्ड जेनेसीसलाई भारतमै एसेम्वले गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...