हुन्डाईको भविष्य योजनाः यो वर्ष १० लाख कार बनाउने, ३० प्रतिशत निर्यात

हुन्डाई ग्रुपले भारतमा दुई ब्रान्ड हुन्डाई र किया अन्तर्गत लगभग १० लाख युनिट कार निर्माण गर्ने योजना रहेको छ । यदि यसो गर्न सकेमा हुन्डाईको लागि यो सबैभन्दा ठूलो आँकडा हुनेछ ।

दक्षिण कोरियाली समुहले हुन्डाई ब्रान्डको ७ लाख र किया ब्रान्डको २ लाख देखि ३ लाख युनिट उत्पादन गर्ने योजना बनाइरहेको छ । कोरोना भाइरस पछि अधिकांश ग्राहक निजी सवारी खरिद गर्ने सोचमा रहेका छन् ।

रिपोर्टका अनुसार प्रोडक्शनको ३० प्रतिशत निर्यात गर्नेछ । कम्पनीले केही समयको लागि प्रोडक्शन बढाउने विचार गरिरहेको छ । कोरोना पछि अटो व्यवसायीहरु २०१८ को स्तरमा पुग्नको लागि ३ वर्षको समय लाग्ने अनुमान गरिएको थियो । सायद सो अनुमान चाँडै नै लक्ष्यमा पुग्ने विश्वास गरिएको छ ।

हुन्डाईले दुई ब्रान्डबाट बिक्री बढाउनको लागि र भारतीय बजार हिस्सा बढाउने रणनीतिको साथ अगस्त २०१९ मा किया ब्रान्ड पेश गरेको थियो । सो रणनीतिले काम ग¥यो र यसको कम्प्याक्ट र मिड साइज एसयूभी सोनेट र सेल्टोसको बिक्री उच्च रहेको थियो ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...