हुन्डाई प्यालिसेडको मूल्य सार्वजनिक : करिव २ करोड २६ लाख मूल्य पर्ने गाडीमा यस्ता छन् फिचर

काठमाडौं – नेपाली बजारमा हुन्डाईको प्रिमियम गाडी प्यालिसेड भित्रिएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यसको मूल्य सार्वजनिक गरेको छ ।

नेपाली बजारमा हुन्डाई प्यालिसेड जीएल र जीएलएस गरी दुई मोडलमा उपलब्ध छ । जीएलको मूल्य १ करोड ९४ लाख ९६ हजार र जीएलएसको मूल्य २ करोड २५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

हुन्डाई प्यालिसेड सिधै कोरियाबाट आयात हुने गाडी हो । नेपाली बजारमा उपलब्ध प्यालिसेडमा २.२ लिटरको डिजेल इन्जिन छ, जसले २०० पीएस पावर र ४४१ एनएम टर्क जेनेरेट गर्छ ।

हुन्डाई प्यालिसेड एक प्रिमियम एसयूभी हो । अमेरिका र विभिन्न देशहरुमा यो गाडीको लोकप्रियता निकै नै उचाईमा छ । गाडीमा हेडलाइट र अन्य सबै एलईडी लाइट छ । गाडी लामो भएकाले यसमा सनरुफ र मुनरुफ दुवै छुट्याएर राखिएको छ ।

इन्टेरियरमा नाप्पा लेदर सिट छ । प्रिमियम लेदर भएकाले यसको टच एन्ड फिल पनि राम्रो लाग्छ । गाडीमा एड्जस्टेबल सिट छ ।

सुरक्षाका लागि कर्टेन एयरब्याग लगायतका विभिन्न सुविधा छन् । इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिल होल्ड कन्ट्रोल, क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट डिटेक्सन जस्ता फिचर उपलब्ध छन् । गाडीमा भएको ३६० डिग्री क्यामेराका कारण ड्राइभरले गाडीको वास्तविक पोजिसन गाडी भित्रै बसेर थाहा पाउन सकिन्छ । यसबाट स्टेयरिङ पोजिसन पनि थाहा पाउन सकिन्छ । स्पिड, कर्नरिङ र ब्रेकिङको अवस्थामा गाडीलाई ब्यालेन्समै राख्नका लागि हुन्डाई ट्रयाक्सन कन्ट्रोल (एचट्रयाक) ले सहयोग गर्छ ।

गाडीको प्रत्येक सिटमा यात्रुका लागि यूएसबी चार्जर राखिएको छ । फ्रन्ट रोमा भेन्टिलेटेड र हिटेड सिट छ भने सेकेन्ड रोमा हिटेड सिट छ । गाडीमा भएको सुपरभिजन क्लस्टरका कारण ड्राइभिङलाई आई फ्रेन्ड्ली बनाउन सहयोग गर्छ र भिजिबिलिटी पनि राम्रो हुन्छ ।

गाडीको पछिल्लो भागमा भएको टेलगेटलाई आफ्नो उचाई अनुसार एड्जस्ट गर्न सकिन्छ । गाडीमा १०.२५ इन्चको नेभिगेसन डिस्प्ले छ । सराउन्ड भ्यु मोनिटरको प्रयोग गरी वरपरको दृश्य हेर्न सकिन्छ ।

यसमा इन्फिनिटीको साउन्ड सिस्टम राखिएको छ । जसले गर्दा ग्राहकले प्रिमियम अनुभव गर्न सक्छन् । गियर सिफ्टको लागि यसमा सिफ्ट बाई वायर (एसबीडब्ल्यु) प्रविधिको प्रयोग गर्न सकिन्छ । यसले गर्दा स्टिकको प्रयोग नगरेर सिंगल टचको आधारमा गियर सिफ्ट गर्न सकिन्छ । त्यसैगरी अटो होल्ड र इलेक्ट्रोनिक पार्किङ ब्रेक जस्ता फिचरका कारण ड्राइभिङ थप सुरक्षित हुन्छ । यसका लागि प्याडल सिफ्टरको प्रयोग गर्न पनि सकिन्छ ।

हुन्डाई प्यालिसेडमा पुस बटन र २० इन्चको आकर्षक अलोय ह्विल उपलब्ध छ । यसलाई विभिन्न प्रकारका ड्राइभ मोडमा चलाउन सकिन्छ ।

हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विभिन्न स्थानका सोरुमहरुमा गाडी राखेको छ । सोरुममै आएर गाडी हेर्न र टेस्ट ड्राइभ गर्न सकिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

६ भेरिएन्टमा आयो क्रेटा ईभी, मूल्य कती ?

६ भेरिएन्टमा आयो क्रेटा ईभी, मूल्य कती ?

हुन्डाईले आफ्नो बहुप्रतिक्षित एसयूभी क्रेटा इलेक्ट्रिक लन्च गरेको छ । सो...

हुन्डाईको आयोनिक ६ आउँदै, जुलाई १४ मा सार्वजनिक हुने अनुमान

हुन्डाईको आयोनिक ६ आउँदै, जुलाई १४ मा सार्वजनिक हुने अनुमान

हुन्डाईले चाँडै नै आफ्नो नयाँ इलेक्ट्रिक कार हुन्डाई आयोनिक ६ लन्च गर्ने...

हुन्डाईले ल्यायो ‘डिसेम्बर डिलाइट’, गाडी खरिदमा ६ लाख सम्मको छुट

हुन्डाईले ल्यायो ‘डिसेम्बर डिलाइट’, गाडी खरिदमा ६ लाख सम्मको छुट

काठमाडौँ — हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...