महिन्द्रालाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो हुन्डाई, ४० प्रतिशत हिस्सा सहित सुजुकी अग्र स्थानमा

रिटेल सेल्समा हुन्डाई मोटर्सले महिन्द्रालाई पछि पारेको छ । गत महिना भारतमा बिक्री भएको कुल सवारीसाधनलाई आधार मान्दा यस्तो नतिजा देखिएको हो । सूचीको पहिलो स्थानमा भने ठूलो हिस्सा सहित मारुती सुजुकीको अग्रता कायमै छ ।

वाहनको तथ्याङ्क अनुसार, हुन्डाईले जुलाईमा ४२ हजार ६१ युनिट कार बिक्री गर्दै आफ्नो बजार हिस्सामा सुधार ल्याएको हो । हुन्डाईको बजार हिस्सा १२.९ प्रतिशतबाट बढेर १३.२ प्रतिशत पुगेको छ ।

सो अवधीमा महिन्द्राको ४१ हजार ४७६ युनिट कार बिक्री हुँदा बजार हिस्सा १४ प्रतिशतबाट घटेर १२.८ प्रतिशतमा झरेको छ । टाटा मोटर्सले ३९ हजार ७९५ युनिटसहित चौथो स्थान हाँसिल गरेको छ । उसको पनि बजार हिस्सा अघिल्लो महिनाको तुलनामा १२.३ प्रतिशतबाट घटेर ११.७ प्रतिशत कायम भएको छ ।

टोयोटाले २४ हजार ७७७ युनिट बिक्री रेकर्ड गर्दै पाँचौं स्थानमा रह्यो भने १ लाख २८ हजार ४२३ युनिट बिक्री सहित शिर्ष स्थान हाँसिल गर्यो । मारुती सुजुकी एक्लैको बजार हिस्सा ४० प्रतिशत भन्दा बढि छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले ल्यायो ‘अनबिटेबल एक्सचेन्ज’ अफर, यस्ता छन् छुट र सुविधा

हुन्डाईले ल्यायो ‘अनबिटेबल एक्सचेन्ज’ अफर, यस्ता छन् छुट र सुविधा

काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

हुन्डाई आयोनिक ५ ईभी पनि अब १०० किलोवाटमा आउने, मूल्य ९२ लाख ९६ हजार

हुन्डाई आयोनिक ५ ईभी पनि अब १०० किलोवाटमा आउने, मूल्य ९२ लाख ९६ हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५...

हुन्डाईको सबैभन्दा आक्रामक इलेक्ट्रिक एसयूभीको कन्सेप्ट मोडल सार्वजनिक

हुन्डाईको सबैभन्दा आक्रामक इलेक्ट्रिक एसयूभीको कन्सेप्ट मोडल सार्वजनिक

लस एन्जलस अटो शो २०२५ मा हुन्डाई मोटरले आफ्नो सबैभन्दा बलियो र साहसिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...