हुन्डाइको नयाँ वर्ष २०७८ योजना असार ३१ सम्म थप, गाडी किन्दा विशेष सुविधा पाइने

काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ असार ३१ गते सम्म विस्तार गरेको छ ।

पहिले यस योजनाको अवधि २०७७ चैत १९ देखि २०७८ बैशाख १७ सम्म रहेको थियो । कोभिड महामारी र निषेधाज्ञाका कारण यस योजना स्थागित भएको थियो । ग्राहकलाई मध्यनजर राखि यस योजना असार ८ गतेदेखि ३१ गतेसम्म पुनः सुचारु गरिएको कम्पनीको भनाइ छ ।

यस योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । योजना अन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत ७८ हजार रुपैयाँ सम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस, १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा रहेका छन् । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

हुन्डाई नेपालले सबै शोरुमहरु तथा सर्भिस सेन्टरहरु कोभिड–१९ को सुरक्षा प्रोटोकल पालना गरी सन्चालन गरिने बताएको छ । हुन्डाई नेपाल आफ्ना ग्राहकहरुलाई उत्तम सेवा र सुविधा प्रदान गर्न सधै प्रतिबद्ध रहेको बताएको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले एक्सटरभन्दा सानो एसयूभी  लन्च गर्ने

हुन्डाईले एक्सटरभन्दा सानो एसयूभी लन्च गर्ने

हुन्डाईले भारतमा एक्सटर भन्दा सानो एसयूभी ल्याउने तयारी गरिरहेको छ । यसको...

आज नयाँ हुन्डाई भेन्यु लन्च हुँदै, के छ विशेषता ?

आज नयाँ हुन्डाई भेन्यु लन्च हुँदै, के छ विशेषता ?

भारतीय बजारमा आज हुन्डाईले भेन्युको नयाँ भर्सन लन्च गर्दैछ । कम्पनीले...

केही दिनकै फरकमा नयाँ प्रविधि र फिचरयुक्त दुई दमदार इलेक्ट्रिक कार नेपाली बजारमा

केही दिनकै फरकमा नयाँ प्रविधि र फिचरयुक्त दुई दमदार इलेक्ट्रिक कार नेपाली बजारमा

नेपाली बजारमा इलेक्ट्रिक कारको चर्चा गर्दा जहिले पनि हुन्डाई, एमजी र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...