यस्तो हुनेछ प्रिमियम सुविधाले सुसज्जित हुन्डाई क्रेटाको इलेक्ट्रिक संस्करण
हुन्डाईले क्रेटाको इलेक्ट्रिक संस्करण चाँडै लन्च गर्ने भएको छ । कम्पनीले...
हुन्डाईको सव कम्प्याक्ट एसयूभी भेन्यु नयाँ डिजाइनका साथ नेपाल आएको छ । फेसलिफ्ट मोडलका रुपमा आएको नयाँ भेन्युलाई हुन्डाईले एक्सटेरियर र इन्टेरियर दुवै भागमा व्यापक परिमार्जन गरेर बजारमा ल्याएको हो । यो नयाँ एसयूभी पहिलेको तुलनामा थप स्पोर्टी, लक्जरियस र फिचर लोडेड भएर आएको छ ।
नयाँ भेन्यु नेपाल आएसँगै हामीले यसको १.२ लिटर पेट्रोल इन्जिनको एसएक्स भेरिएन्टलाई टेष्ट ड्राइभ गरेका छौ । टेष्ट ड्राइभका क्रममा यसको लुक्स तथा डिजाइन तारिफयोग्य रहेको पाइयो भने गाडीको क्याविन एकदमै आरामदायी र सुविधासम्पन्न महसुस गरियो । सन् २०१९ मै आएको पुरानो मोडललाई अपग्रेड गरिएको भएपनि यो नयाँ मोडलले विल्कुलै ब्रान्ड न्यु एसयूभीको फिल गराएको थियो ।
नयाँ भेन्युलाई देख्ने वित्तिकै यसको परिमार्जन गरिएको फ्रन्ट फेसिया, साइड प्रोफाइल र रियर भ्यूले हामीलाई शुरुवातमै आकर्षित गरेको थियो । यसको फ्रन्टमा दिइएको चौडा आकारको पारामेट्रिक डार्क क्रोम ग्रिलले हुन्डाईकै प्रिमियम एसयूभी प्यालिसेडको झल्को दिन्छ । उक्त क्रोमको बीच भागमा दिइएको भेन्यु व्याज आकर्षक देखिएको छ । रिडिजाइन गरिएको एलईडी डीआरएलसँगै एलईडी प्रोजेक्टर हेडल्याम्प दिइएको यो एसयूभीमा फगल्याम्प भने हटाइएको छ ।
यसको साइड प्रोफाइलमा खासै परिमार्जन गरिएको छैन । यद्यपि गाडीको सवै भागमा दिइएको ब्ल्याक क्लेडिङ, वि पिल्लरमा ब्ल्याक फिनिसिङ, सिल्भर कलरको रुफ रेल र १५ इन्चको आकर्षक अलोय ह्विलले स्पोर्टी फिल गराएको थियो । यसैगरी रियरमा दिइएको कनेक्टिङ एलईडी टेललाइट र स्किड प्लेटले यो गाडीको पछाडिको भागलाई थप स्पोर्टी वनाएको छ ।
यसको क्याविन भित्र पनि प्रशस्तै अपग्रेड गरिएको छ । यो नयाँ एसयूभीमा पहिलोपटक पूर्ण डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ भने ड्राइभलाई थप रोमाञ्चक बनाउन स्पोर्ट्स, नर्मल र इको ड्राइभिङ मोड दिइएको छ । यसको ड्राइभर सिटलाई ६ तवरबाट इलेक्ट्रोनिकल्ली एडजस्ट गर्न मिल्छ । साथै क्याविनको धेरै भागमा रिफ्रेस गरिएको छ ।
नयाँ भेन्युको ड्यासवोर्ड डयुअल टोन कलरमा आधारित छ । यसको सिट समेत डयुअल टोनमा निर्माण गरिएको छ भने टिल्ट एड्जस्ट स्टेयरिङ ह्विलमा लेदर वेरिएको छ । स्टेयरिङ ह्विलमा सिल्भर एसेन्ट थप गरिएको कारण यसले थप प्रिमियमनेसको फिल गराउँछ । यो एसयुभीमा फराकिलो बुट स्पेस सहितको स्प्लिट सिट दिइएको छ भने कप होल्डर सहितको रियर सेन्टर आर्मरेस्ट, दुई वटा रियर युएसबी चार्जर, टु स्टेप रियर रिक्लाइनिङ सिट, एर्गोनोमिकल्ली डिजाइन गरिएको सुविधाजनक चालक सिट, ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, कुल्ड ग्लोभ बक्स, वायरलेस फोन चार्जर, डयुअल टोन क्लाइमेट कन्ट्रोल एसी र स्मार्ट सनरूफ लगायतका सुविधा पाउन सकिन्छ । यसमा दिइएको सनरुफ भने केही छोटो भएको महसुस हुन्छ ।
नयाँ भेन्युमा अमेजन एलेक्सा र गुगल भ्वाइस एसिस्ट सहितको ‘होम टु कार कनेक्टिभिटी’ फिचर पाउन सकिन्छ । साथै यसमा ब्लुलिंक कनेक्टिभिटी र ६० भन्दा वढी कनेक्टिङ फिचर पाउन सकिन्छ । यसमा एम्बिएन्ट साउन्ड्स अफ नेचरका रूपमा नयाँ अडियो फिचर पनि समावेश गरिएको छ । त्यस्तै ६ वटा एयरब्याग, रियर पार्किङ असिस्ट क्यामरा, अटोमेटिक हेडल्याम्प र हेडल्याम्प इस्कर्ट फङसन, कर्नरिङ ल्याम्प्स, टायर प्रेसर मनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल असिस्ट कन्ट्रोल लगायत फिचरले यो नयाँ एसयूभीलाई सुरक्षित वनाएकोमा निश्चिन्त वन्न सकिन्छ ।
यसमा जडान गरिएको १.२ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ८३ पीएस पावर र ११४ एनएम टर्क जेनेरेट गर्ने वताइएको छ । यो नयाँ एसयूभी ई, एस र एसएक्स गरी कुल तीन भेरिएन्टमा नेपाल आएको हो । जसको मूल्य क्रमश ३९ लाख ९६ हजार, ४५ लाख ९६ हजार र ५५ लाख ९६ हजार निर्धारण गरिएको छ ।
हुन्डाईले क्रेटाको इलेक्ट्रिक संस्करण चाँडै लन्च गर्ने भएको छ । कम्पनीले...
कोरियन अटो निर्माता हुन्डाई मोटर्सल हाइड्रोजन सेल प्रविधीमा आधारित कारको...
हुन्डाई क्रेटाको ईभी भर्सन भारतमा एकपटक फेरी देखापरेको छ । भारतको विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...