हुन्डाई टुसानको खुल्यो बुकिङ, सुरुवाती मूल्य ८९ लाख ९६ हजार

काठमाडौं – नेपाली बजारमा नयाँ हुन्डाई टुसानको बुकिङ खुलेको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सुरुवाती भेरिएन्टको मूल्य ८९ लाख ९६ हजार रुपैयाँ तोकेर यसको बुकिङ खुल्ला गरेको हो ।

हुन्डाईले नयाँ जेनेरेसनको टुसानको मूल्य केही दिन पहिले नै सार्वजनिक गरेको थियो । २ हजार सीसी क्षमताको यो एसयूभी भिन्न ४ भेरिएन्टमा उपलब्ध हुनेछ । जसमध्ये तीनवटा भेरिएन्ट पेट्रोल र एउटा भेरिएन्ट डिजेल इन्जिनमा समेत उपलब्ध हुनेछ ।

यसको पेट्रोल इन्जिनमा उपलब्ध जीएलएस म्यानुअल ट्रान्समिसनको मूल्य नेपाली बजारमा ८९ लाख ९६ हजार रुपैयाँ पर्छ । त्यसैगरी सोही इन्जिनको जीएलएस अटोमेटिकको १ करोड ७ लाख ९६ हजार र जीएलक्स भेरिएन्टको १ करोड १४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । अर्को टुसान जीएलएक्स डिजेल इन्जिनको मूल्य १ करोड ३४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी हुन्डाई नेपालको फेसबुक पेजमा बुकिङ खुल्ला गरिएको र वेबसाइटमा पनि यसलाई ‘कमिङ सुन’ भनेर राखिएको छ । कम्पनी स्रोतका अनुसार अगस्तको अन्तिम सातादेखि यसको बिक्री प्रारम्भ हुनेछ ।

नेपाली बजारमा पहिले देखि नै उपलब्ध भए पनि अब आउने हुन्डाई टुसान चौथो जेनेरेसन मोडल हो । यसको डिजाइन र फिचर पहिलेको टुसान भन्दा धेरै फरक छ ।

गाडीमा फरवार्ड रिभर्स पार्किङ डिस्टेन्स वार्निङ, रियरक्रस ट्राफिक कोलिजन अभोइडेन्स, क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट कोलिजन, फरवार्ड कोलिजन अभोइडेन्स असिस्टेन्स, सिफ्ट बाई वायर असिस्टेन्स, स्मार्ट टेलगेट, सनरुफ, भेन्टिलेटेड एन्ड हिटेड फ्रन्ट सिट आदि फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

हुन्डाईको उपलब्धि, ५७ वर्षमा १० करोड गाडी उत्पादन

हुन्डाईको उपलब्धि, ५७ वर्षमा १० करोड गाडी उत्पादन

हुन्डाई मोटर्सले उत्कृष्ट गाडी उपलब्ध गराउँदै आएको छ । हुन्डाईको गाडी...

नयाँ भेन्युको फेसलिफ्ट भर्सन आउँदै, एडास फिचरले सुसज्जित हुने

नयाँ भेन्युको फेसलिफ्ट भर्सन आउँदै, एडास फिचरले सुसज्जित हुने

हुन्डाईले कम्प्याक्ट एसयूभी सेगमेन्टमा भेन्यु फेसलिफ्ट सार्वजनिक गर्ने...

आज नयाँ हुन्डाई भेन्यु लन्च हुँदै, के छ विशेषता ?

आज नयाँ हुन्डाई भेन्यु लन्च हुँदै, के छ विशेषता ?

भारतीय बजारमा आज हुन्डाईले भेन्युको नयाँ भर्सन लन्च गर्दैछ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...