हुन्डाईले सुजुकी फ्रङ्क्ससँग प्रतिस्पर्धा गर्न नयाँ क्रसओभर ल्याउँदै

हुन्डाईले मारुती सुजुकीको फ्रङ्क्स एसयूभीसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । यसको लागि कम्पनीले नयाँ क्रसओभर ल्याउन लागेको छ । सो नयाँ कार विश्व बजारमा उपलब्ध हुन्डाई बायोनमा आधारित हुनेछ । यसको कोडनेम बीसी४आई राखिएको छ ।

रिपोर्टका अनुसार हुन्डाईको नयाँ क्रसओभर जेनआई२० प्लेटफर्ममा आधारित हुनेछ । यसको इन्टेरियर डिजाइन आई२० बाट लिइनेछ । यसमा एरो आकारको हेडल्याम्प, डे टाइम रनिङ लाइट, १०.२५ इन्च डिजिटल क्लस्टर, १०.२५ इन्च एभीएन, ८ इन्च डिस्प्ले अडियो र एलईडी एम्बिएन्ट जस्ता फिचर समावेश हुनेछ ।

हुन्डाई बायोनमा आई२० र भेन्युमा जस्तै १.० लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिनेछ, जसले १२० बीएचपीको पावर जेनेरेट गर्छ । ट्रान्समिसनका लागि यसमा ६ स्पिड इन्टेलिजेन्ट म्यानुअल र ७ स्पिड ड्युअल क्लचको विकल्पमा उपलब्ध हुने सम्भावना छ ।

हुन्डाईको नयाँ क्रसओभर एसयूभीमा वायरलेस चार्जर, मल्टिपल यूएसबी पोर्ट, ड्राइभिङ मोड, फ्रन्ट भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा, बोसको प्रिमियम साउन्ड सिस्टम, १०.२५ इन्च इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार प्ले, एन्ड्रोइड अटो, १०.२५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लूलिङ्क कनेक्टेड कार सेवा, एलईडी लाइट, ड्युअल टोन एक्सटेरियर जस्ता फिचर हुनेछ । सुरक्षाका लागि यसमा एडीएएस, ६ एयरब्याग, एबीएस, ईबीडी, हिल असिस्ट, पार्किङ असिस्ट जस्ता सुविधा उपलब्ध गराउन सकिन्छ ।

हुन्डाईको नयाँ क्रसओभर सन् २०२७ सम्ममा भारतीय बजारमा लन्च गर्न सकिनेछ । यसको मूल्य १० लाखदेखि १५ लाख भारुसम्म हुन सक्छ । नेपाली बजारमा पनि त्यसपछि उपलब्ध हुने आशा गर्न सकिन्छ । लन्चपछि यसले मारुती फ्रङ्क्स, टोयोटा टेजर र सिट्रोन सी३ जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

भित्रियो हुन्डाई टुसान, केही दिनमै लन्चिङ घोषणाका साथ डेलिभरी दिइने (फोटोफिचर)

भित्रियो हुन्डाई टुसान, केही दिनमै लन्चिङ घोषणाका साथ डेलिभरी दिइने (फोटोफिचर)

काठमाडौं – नेपाली बजारमा हुन्डाईको नयाँ टुसान गाडी भित्रिएको छ । नेपालका...

हुन्डाई क्रेटामा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम(अडास) थप हुने

हुन्डाई क्रेटामा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम(अडास) थप हुने

हुन्डाई मोटर्स इन्डियाले आफ्नो लोकप्रिय एसयुभी क्रेटामा नयाँ सेफ्टि...

जनरल मोटर्सलाई पछि पार्दै हुन्डाई वन्यो विश्वको तेस्रो ठूलो अटो उत्पादक

जनरल मोटर्सलाई पछि पार्दै हुन्डाई वन्यो विश्वको तेस्रो ठूलो अटो उत्पादक

कोरियन अटो निर्माता हुन्डाई विश्वको तेस्रो ठूलो अटो उत्पादक वनेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...