हुन्डाईले भारतमा ९० लाख कार बिक्री गर्दै बनायाे ऐतिहासिक रेकर्ड
हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतमा आफ्नो ३० वर्ष पूरा गर्न लाग्दै...
हुन्डाई भारतमा आएदेखि नै बलिउड कलाकार शाहरुख खान हुन्डाई कारको ब्रान्ड एम्बेसडर बनेका थिए । तर अब कम्पनीले आफ्नो नयाँ कम्प्याक्ट एसयूभीका लागि नयाँ ब्रान्ड एम्बेसडर सार्वजनिक गरेको छ । जुलाई १० मा लन्च हुन लागेको हुन्डाई एक्स्टरलाई अब क्रिकेटर हार्दिक पाण्ड्याले अनावरण गर्ने भएका छन् ।
हार्दिक पाण्ड्या हुन्डाई कारको विज्ञापनमा पनि देखिने भएका छन् । कम्पनीका सीओओ तरुण गर्गले पनि यसको पुष्टि गरेका छन् । उनले पाण्ड्या भारतीय क्रिकेट टोलीका सबैभन्दा छिटो उदाउँदो खेलाडीमध्ये एक भएको र युवा पुस्तामा पनि निकै लोकप्रिय रहेको बताए । हुन्डाईको ध्यान अब नयाँ पुस्ता लक्ष्यित हुने पनि उनले स्पष्ट पारेका छन् ।
हुन्डाईले जारी गरेको प्रेस विज्ञप्तिमा पाण्ड्याले यो प्रोजेक्टलाई लिएर निकै उत्साहित भएको बताएका छन् । पाण्ड्याले यो विश्वस्तरको उत्पादन भएको र यसलाई युवा पुस्ताले मन पराउने बताए ।
हुन्डाईले एक्स्टर १० जुलाईमा लन्च गर्ने भएको छ । यसको प्रत्यक्ष प्रतिस्पर्धा टाटा पन्च, निसान म्याग्नाइट, रेनो काइगर र सिट्रोन सी३ सँग हुनेछ । एक्स्टरमा कम्पनीले १.२ लिटर एस्पिरेटेड पेट्रोल इन्जिन समावेश गरेको छ । सो इन्जिनले ८२ बीएचपीको पावर र ११३ एनएम टर्क उत्पादन गर्छ । कारमा ५ स्पिड म्यानुअल र ५ स्पिड अटोमेटिक गियरबक्सको विकल्प छ ।
हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतमा आफ्नो ३० वर्ष पूरा गर्न लाग्दै...
अटो कार अवार्ड–२०२४ मा हुन्डाई आयोनिक ५ ले ‘कार अफ दि इयर’ र रोयल इन्फिल्ड...
इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...