बिक्रीपछिको सेवामा जोड दिँदै हुन्डाई, उपत्यकामा मात्र ५ स्थानमा सर्भिस सेन्टर
प्यासेन्जर कार सेग्मेन्टमा सर्बाधिक बिक्री हुने ब्रान्ड हो हुन्डाई ।...
फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको रूपमा कार्यरत लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नवीनता र ग्राहक सन्तुष्टिप्रति अडिग प्रतिबद्धतासँग एक बलियो र सम्मानित धरोहर निर्माण गरेको छ।
हुन्डाई नेपालले सुरुवातमा एक विश्वसनीय आयातकर्ताकाे रूपमा आफ्नो यात्रा आरम्भ गरेको थियो, र अब यो घर–घरमा चिनिने नाम बनिसकेको छ।
विगतका वर्षहरूमा यसले स्यान्ट्राे, ग्रान्ड आई१० नियाेस, आई २०, अउरा, भेन्यु, भरना, क्रेटा, टुसान, सान्ता फे र पालिसेड जस्ता लोकप्रिय मोडलहरू बजारमा ल्याएको छ। यसका साथै आयाेनिक ५ र काेना तथा क्रेटा इलेक्ट्रिक जस्ता आधुनिक विद्युतीय सवारीसाधनहरू पनि उपलब्ध छन्, जसले भरपर्दोपन, इन्धन बचत र स्थायित्वका लागि परिचित बनाएका छन् ।
ग्राहकलाई उच्च प्राथमिकता दिँदै, कम्पनीले आधुनिक र पूर्ण सुविधा सम्पन्न शोरूम, अत्याधुनिक सर्भिस सुविधा, र ललितपुरस्थित नेपालको पहिलो हुन्डाई ट्रेनिङ एकेडेमीमा तालिमप्राप्त प्रमाणित प्राविधिकहरूको बलियो संयन्त्र सञ्चालनमा ल्याएको छ। यसले बिक्री पश्चात सेवालाई अझ सहज, भरपर्दो र दीर्घकालसम्म सन्तोषजनक बनाएको छ ।
२०८१ बैशाख २८ गते लक्ष्मी मोटर कर्पोरेसन, लक्ष्मी ग्रुपको सहायक कम्पनीले रामग्राम, परासीमा नेपालको पहिलो कार एसेम्बलिङ प्लान्टको उद्घाटन गरी नेपालमा उत्पादन गरिएका हुन्डाई सवारीसाधनहरूको युगको सुरुवात गरेको हो।
भेन्यु मोडलसँग उत्पादन शुरू भएको थियो, र पछि क्रेटा मोडलको उत्पादन पनि सुरू गरिएको छ। भविष्यमा थप मोडलहरूको उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ। यस उपलब्धिले नेपालका अटोमोटिभ उद्योगमा नयाँ युगको सुरुवात गर्दै, स्थानीय निर्माण र राष्ट्रिय गर्वको प्रवर्द्धन गरेको छ।
यस सफलता र गतिबाट, हुन्डाईले नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ मा अभूतपूर्व ग्राहक प्रतिक्रिया प्राप्त गर्यो, जसले यसलाई नेपालका एक विश्वसनीय र सम्मानित ब्राण्डको रूपमा अझ मजबुत बनाएको छ।
सन् २००९ मा विश्वसनीय आयातकर्ताको रूपमा सुरु भएको हुन्डाई नेपालको यात्रा आजको "Made in Nepal" उपलब्धिसम्म, दृष्टि, दृढता र ग्राहक सन्तुष्टिप्रतिको अटुट प्रतिबद्धताको प्रतिक हो। भविष्यतर्फ अघि बढ्दै, हुन्डाई नेपाल जीवनलाई समृद्ध बनाउने र नेपालको अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा पुर्याउने उत्कृष्ट मोबिलिटी समाधानहरू उपलब्ध गराउने लक्ष्यमा दृढ भएकाे बताएको छ ।
प्यासेन्जर कार सेग्मेन्टमा सर्बाधिक बिक्री हुने ब्रान्ड हो हुन्डाई ।...
काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
हुन्डाई मोटर्स इन्डियाको सबैभन्दा सफल मोडल क्रेटा भारतमा उत्पादन हुन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...