हुन्डाई इन्स्टर ईभीको पहिलो झलक सार्वजनिक, यस्तो छ हुन्डाईको आगामी योजना
हुन्डाईले नयाँ अल इलेक्ट्रिक माइक्रो एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले...
प्यासेन्जर कार सेग्मेन्टमा सर्बाधिक बिक्री हुने ब्रान्ड हो हुन्डाई । विगतमा स्यान्ट्रो ह्याचब्याकको लोकप्रियताका कारण चर्चित बनेको हुन्डाईका आई–१०, क्रेटा, भेन्यु र टुसान अहिले पनि सेग्मेन्टमै सर्बाधिक बिक्री हुने मोडलमा पर्छन् । स्पोर्टी लुक्स, प्रिमियम फिचर्स, आधुनिक प्रविधि, बलियो तथा मजबुत इन्जिन र उत्कृष्ट पावर तथा पर्फमेन्स हुन्डाई ब्रान्डका प्रमुख विशेषता हुन् । जसका कराण नेपालमा मात्र होइन भारतलगायत विश्वका कैयन राष्ट्रमा समेत हुन्डाई कारको बजार तीव्र गतिमा विस्तार भैरहेको छ ।
सवारीसाधनको बिक्रीसँगै बिक्री पछिको सेवामा समेत हुन्डाईले उत्तिकै जोड दिइरहेको छ । नेपालस्थित आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सडकमा हुन्डाई गाडीको भोल्युम बढेसँगै सर्भिस सेन्टर विस्तारमा समेत जोड दिँदै लगेको हो । साथै स्पेयर पार्ट्सको उपलब्धतामा समेत कम्पनी उत्तिकै मात्रामा संवेदनशील रहेको देख्न सकिन्छ । बिक्री पछिको सेवामा आश्वस्त पार्न सकेकै कारण नेपालमा हुन्डाई ब्रान्डले ग्राहकको विश्वास जित्न सफल भएको विषयलाई नकार्न सकिदैन । हुन्डाई गाडी किनेपछि सर्भिसिङ र स्पेयर पार्ट्स नपाएर हैरानी खेप्नु पर्दैन भन्ने आम ग्राहकमाझ एक प्रकारको धारणा नै बनिसकेको छ ।
नेपालमा हुन्डाईको देशभर १८ वटा सर्भिस सेन्टर छन् । जसमध्ये उपत्यकामा मात्र ५ स्थानमा यस्तो सेन्टर सञ्चालन भैरहेको छ । जहाँबाट ग्राहकलाई छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध हुँदै आएको छ । उपत्यकामा कम्पनीले तीनकुने, धापासी र कुपन्डोलमा आफ्नै ३ वटा सर्भिस सेन्टर सञ्चालन गर्दै आइरहेको छ भने सिनामंगल र नयाँ बानेश्वरमा न्यु शिब सर्भिसले आधिकारिक सर्भिस सेन्टरका रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । उपत्यकामा एउटै ब्रान्डको यति धेरै सर्भिस सेन्टर स्थापना गर्ने कम्पनीका रुपमा समेत हुन्डाईले अन्य ब्रान्डलाई पछि पार्दै लगेको छ । उपत्यकामा हाल मारुती सुजुकीको सबैभन्दा बढी आधिकारिक सर्भिस सेन्टर रहेका छन् ।
सर्भिस सेन्टर विस्तारको साथसाथै यस्ता सेन्टरमा काम गर्ने मेकानिक्सलाई आवश्यक तालिम प्रदान गरी दक्ष बनाउन कम्पनीले आफ्नै ट्रेनिङ एकेडेमी समेत सञ्चालन गरिरहेको छ । पाटन औद्योगिक क्षेत्रमा रहेको यो ट्रेनिङ सेन्टर हुन्डाई एकेडेमीका नामले सञ्चालन भैरहेको छ । जहाँ हुन्डाई गाडीको देशभर सञ्चालन भैरहेका सर्भिस सेन्टरमा काम गर्ने मेकानिक्स तथा टेक्निसियनलाई तालिम उपलब्ध गराइन्छ । त्यसैगरी संस्थागत रुपमा आउने विभिन्न संस्थाका कर्मचारीहरुलाई समेत समूहगत रुपमा तालिम उपलब्ध गराउने गरेको सर्भिस हेड दीपक थपलियाले बताए ।
हुन्डाईले कुनै नयाँ गाडी बिक्री गरे पश्चात ३ वर्ष वा ८० हजार किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध गराउने गरेको छ । त्यसैगरी ६ वर्ष सम्म निःशुल्क सर्भिसिङ उपलब्ध गराउछ ।
जेन्युइन पार्ट्सको उपलब्धतामा समेत हुन्डाईले ग्राहकलाई आश्वस्त हुने गरी सेवा दिइरहेको छ । सर्भिस र स्पेयर पार्ट्सको सहज उपलब्धतामा संवेदनशील बनेकै कारण पनि नेपालमा हुन्डाई गाडीको बजार हरेक वर्ष वृद्धि भैरहेको सहजै अनुमान लगाउन सकिन्छ ।
हुन्डाईले नयाँ अल इलेक्ट्रिक माइक्रो एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो २०२४ चलिरहेको छ । सो अवसरमा...
काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...