हुन्डाईमा लक्ष्मी ग्रुपको छलाङ : डिलरदेखि आयातकर्ता हुँदै उत्पादक सम्मको यात्रा
गत शुक्रबार प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले हुन्डाई गाडीको...
काठमाडौं – हुन्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय गाडीको क्षेत्रमा ठूलो कदम चालिरहेको छ । नेपालमा हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा कोना र आयोनिक नामक दुई मोडलहरू छन् ।
बजार भित्रिएको छोटो अवधिमा नै यी दुवै मोडलहरूलाई नेपाली अटो उत्साहीहरुले सकारात्मक समीक्षाका साथ स्वागत गरेका थिए र यी अहिले पनि उत्तिकै रुचाइने मोडेलहरू हुन् ।
अटोमोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखेको छ र आफ्नो ईभी गाडीहरुको विक्री बढ्नेमा विश्वस्त भएको बताएको छ ।
हालै आर्थिक वर्ष २०७८/७९ को लागि प्रस्तुत गरिएकोे बजेटमा विद्युतीय सवारीहरुमा कर घटाइएकोले हुन्डाईका विद्युतीय गाडीहरुको शुल्क पनि घटेको छ । यस कारण उपभोक्ताहरू विद्युतीय सवारीप्रति आकर्षित र उत्साही हुने हुन्डाईको विश्वास रहेको बताएको छ । हाल १०० किलोवाट ब्याट्रीयुक्त हुन्डाई कोनाको मूल्य ५६ लाख ९६ हजार, १५० किलोवाट ब्याट्रीयुक्त कोनाको मूल्य ७१ लाख ९६ लाख र १०० किलोवाट ब्याट्रीयुक्त आयोनिकको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा विद्युतीय कार बिक्री गर्नका लागि आवश्यक चार्जिङ स्टेशन स्थापनाका लागि समेत ठूलो लगानी गरिरहेको बताएको छ । कम्पनीले नेपालका विभिन्न भागमा हाल सम्म २१ वटा चार्जिङ प्वाइन्ट स्थापना गरेको बताएको छ । यी स्थानमा हुन्डाईका साथै अन्य ब्रान्डका गाडी समेत चार्ज गर्न सकिने छ । हुन्डाई गाडी निःशुल्क रुपमा चार्ज गर्न सकिने छ भने अन्य ब्रान्डका लागि स्थान अनुसार चार्जिङ शुल्क लाग्ने छ ।
काठमाडौं उपत्यकामा एलआई अटो सभिसेज कुपण्डोल, एलआई क्विक्स तीनकुने, लबिम मल पुल्चोक, न्यु शिव सर्भिस सिनामंगल, हुन्डाई सेल्स नक्साल र हुन्डाई सेल्स थापाथलीमा चार्जिङ स्टेशन छन् । पोखरामा बाराही सर्भिस सेन्टर, बिन्ध्या सर्भिस सेन्टर, पोखरा ग्रान्ड होटल, वाटर फ्रन्ट रिसोर्ट र होटल बाराहीमा चार्जिङ स्टेशन छन् ।
त्यसैगरी भैरहवाको जगत मोटर्स, बुटवलको सिद्धिविनायक सर्भिस, दाङको न्यु राइडर सर्भिस, नेपालगन्जको हिम इन्टरकन्टिनेन्टल, धनगढीको दिनेश फोर ह्विल्स, वीरगन्जको अर्किड मोटोकर्प, विराटनगरको रोयल अटो वर्ल्ड, इटहरीको पाथिभरा अटोलिंक, भरतपुरको पिनाकल सर्भिस सेन्टर र विर्तामोडको एलायन्स मोटर्समा हुन्डाई इलेक्ट्रिक गाडीका लागि चार्जिङ स्टेशन उपलब्ध छन् ।
आगामी दिनमा ग्राहकको सुविधाका लागि अन्य स्थानमा समेत थप चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको बताएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भर १३ सोरुम तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
गत शुक्रबार प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले हुन्डाई गाडीको...
हुन्डाईले आफ्नो अल न्यू इलेक्ट्रिक मोडल इन्स्टर सार्बजनिक गरेको छ ।...
काठमाडौंं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...