हुन्डाई मोटरको ५७ वर्ष यात्रा पुरा, नेपालमा ४५ हजार सन्तुष्ट ग्राहक

काठमाडौं-हुन्डाई मोटर कम्पनीले आज ५७ वर्षको यात्रा पूरा गरेको छ । नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको हुन्डाइले सुरुआती दिनदेखि विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा स्थापित भएको छ ।

हुन्डाईले विश्वभरका ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधानहरू निरन्तर रूपमा प्रदान गर्दै आएको छ । स्मार्ट, सुरक्षित तथा जिम्मेवार मोबिलिटी विकासप्रति प्रतिबद्ध रहँदै आएको यस कम्पनीले विश्वभर अझ उत्कृष्ट मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्यसहित भविष्यतर्फ अघि बढ्ने दृढ संकल्प दोहोर्याएको छ ।

सन् १९६७ मा स्थापना भएको हुन्डाई मोटर कम्पनी २०० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको एक विश्वव्यापी अटोमोबाइल ब्रान्ड हो, जसले विभिन्न प्रकारका सवारीसाधन तथा मोबिलिटी समाधानहरू प्रदान गर्दछ ।

नेपालमा हुन्डाईको आधिकारिक वितरकको रूपमा फेब्रुअरी २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि कार्यरत छ । वितरक भएदेखि नै कम्पनीले देशभर हुन्डाई सवारीसाधनको आयात, बिक्री तथा सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

बलियो आफ्टर–सेल्स नेटवर्क र दक्ष तथा प्रशिक्षित पेशेवर टोलीको सहयोगमा कम्पनीले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ । ४५ हजार ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै, हुन्डार्ई नेपालले ‘हुन्डाई परिवार’ कार्यक्रम सुरु गरेको छ, जसको उद्देश्य ग्राहकहरूको जीवनको अभिन्न हिस्सा बन्नु हो ।

विभिन्न क्षेत्रका अग्रणी ब्रान्डहरूसँगको सहकार्यमार्फत यस कार्यक्रमले हुन्डाई ग्राहकहरूलाई विशेष लाभ, थप सेवाहरू तथा प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको छ ।

नेपालप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाउँदै, हुन्डाईले मे २०२४ मा सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापना गरेको छ । यो कदमले स्थानीय उत्पादन, रोजगारी सिर्जना तथा नेपालको अटोमोबाइल इकोसिस्टमको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

‘प्रोग्रेस फर ह्युम्यानिटी’ भन्ने विश्वव्यापी दृष्टिकोणद्वारा निर्देशित हुँदै, हुन्डाई नेपालले स्मार्ट, सुरक्षित र दिगो मोबिलिटी समाधानहरू प्रदान गर्दै ग्राहकहरूको अनुभवलाई अझ समृद्ध बनाइरहेको छ ।

सम्बन्धित समाचारहरू

जनवरी २०२५ मा शीर्ष १० एसयूभी बिक्रीको तथ्याङक सार्वजनिक, नम्बर वानमा हुन्डाई क्रेटा

जनवरी २०२५ मा शीर्ष १० एसयूभी बिक्रीको तथ्याङक सार्वजनिक, नम्बर वानमा हुन्डाई क्रेटा

२०२५ को जनवरीमा केही एसयूभी बिक्री उल्लेखनीय वृद्धि भएको छ भने केही घटेको छ...

हुन्डाई इलेक्ट्रिक गाडीमा प्रि-बजेट अफर, तीन गाडी किन्दा विशेष लाभ

हुन्डाई इलेक्ट्रिक गाडीमा प्रि-बजेट अफर, तीन गाडी किन्दा विशेष लाभ

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

अब ४० लाख ९६ हजारमा मेड इन नेपाल हुन्डाई भेन्यु, नेपालमै बनेका २५० गाडी बिक्री

अब ४० लाख ९६ हजारमा मेड इन नेपाल हुन्डाई भेन्यु, नेपालमै बनेका २५० गाडी बिक्री

काठमाडौं – नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...