टाटा पन्चसँग प्रतिस्पर्धा गर्न हुन्डाईले नयाँ कार लन्च गर्ने

हुन्डाईले यो वर्ष माइक्रो एसयूभी क्यास्पर लन्च गर्ने तयारी गरिरहेको छ । रिपोर्टका अनुसार हुन्डाईले यो वर्षको मध्यतिर क्यास्पर सार्वजनिक गर्नुका साथै लन्च गर्ने पनि सम्भावना छ । कम्पनीले हाल एआई३ कोडनेम राखेर यसको परीक्षण गरिरहेको छ । यद्यपि कम्पनीले यसको जानकारी भने दिएको छैन ।

सो कार के१ कम्प्याक्ट कार प्लेटफर्ममा तयारी गरिदै छ । कारमा एलईडी डीआरएलको साथ राउन्ड शेप हेडल्याम्प, लोअर बम्पर एलईडी रिङ, सिल्भर फिनिस स्किड प्लेट, ड्युअल टोन रुफ, ह्विल आर्च र मल्टि स्पोक अलोय ह्विल देख्न सकिन्छ ।

क्यास्परमा १.१ लिटरको पेट्रोल इन्जिन छ । सो इन्जिनले ६९ पीएसको पावर जेनेरेट गर्छ । यसमा १.२ लिटर इन्जिनको पनि विकल्प हुनेछ । जसले ८२ बीएचपीको पावर जेनेरेट गर्छ । कारमा अटो र म्यानुअल ट्रान्समिसन समावेश गरिने छ । यसले २० किमी प्रतिलिटरको माइलेज दिनेछ ।

कारमा ड्युअल टोनको इन्टेरियर हुनेछ । यसमा एन्ड्रोयड र एप्पल कार प्ले सपोर्ट गर्ने ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइनेछ । यसको साथै किलेस इन्ट्री, कनेक्टेड कार टेक्नोलोजी, रिभर्स पार्किङ क्यामेरा र एयरब्याग जस्ता फिचर हुनेछ ।

सम्बन्धित समाचारहरू

आयो हुन्डाई भेन्यु फेसलिफ्ट : यस्तो छ मूल्य र फिचर

आयो हुन्डाई भेन्यु फेसलिफ्ट : यस्तो छ मूल्य र फिचर

हुन्डाई मोटर इन्डियाले आफ्नो फेसलिफ्ट हुन्डाई भेन्यु आज भारतमा लन्च गरेको...

पाकिस्तान हुन्डाइले गरेको ट्विटको भारतमा बिरोध, खासमा भएको थियो के ?

पाकिस्तान हुन्डाइले गरेको ट्विटको भारतमा बिरोध, खासमा भएको थियो के ?

दक्षिण एसियाका दुई छिमेकी राष्ट्र भारत र पाकिस्तान राष्ट्रबादको बिषयमा...

टाटा पन्चको नयाँ फिचर खुलासा : यस्तो आकर्षक हुनेछ फिचर

टाटा पन्चको नयाँ फिचर खुलासा : यस्तो आकर्षक हुनेछ फिचर

टाटा पन्च अक्टोबर ४ मा लन्च हुने भएको छ । लन्चिङ भन्दा पहिला नै टाटा पन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...