नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
हुन्डाई मोटर्स इन्डियाले आफ्नो नयाँ ७ सिटर प्रिमियम एसयूभीको नाम अल्काजार हुने घोषणा गरेको छ । कम्पनीले सो कारको नाम २०२० मा रजिस्टर गराएको थियो । हुन्डाईको यो वर्ष भारतमा २५ औ वार्षिक उत्सब मनाइरहेको छ र यसै सन्दर्भमा नयाँ ७ सिटर एसयूभी अल्काजार ग्लोबल डेब्यु गरिने छ ।
हुन्डाई अल्काजार केही समय पहिले परीक्षणको समयमा देखा परेको थियो । हालै यसको इन्टेरियर पनि सार्वजनिक गरिएको छ । रिपोर्टका अनुसार हुन्डाई अल्काजारको स्टाइल र डिजाइन हुन्डाई क्रेटा जस्तो हुनेछ । सो कार क्रेटाको लामो र प्रिमियम भर्सन हुनेछ । अल्काजारको स्पेनिस अर्थ महल हुन्छ । यसमा सबै प्रकारको लक्जरी फिचर हुने अनुमान गरिएको छ ।
अल्काजारमा हाई माउन्टेड एलईडी डीआरएलएस र हाल उपलब्ध क्रेटामा भएको स्प्लिट फ्रन्ट हेडल्याम्प हुने अनुमान गरिएको छ । फ्रन्ट मेन ग्रिल पनि हुनेछ । साथै यसको बम्परमा स्पोर्टी लुक हुनेछ । जसले कारको लुकलाई केही फरक देखाएको छ । नयाँ एसयूभीले ५ सिटर क्रेटाको तुलनामा ज्यादा प्रिमियम लुक दिनेछ । कारको रियरमा नयाँ डिजाइन भएको एलईडी टेललाइट र बम्परको साथमा नयाँ टेलगेट हुनेछ ।
सो एसयूभीको इन्टेरियरमा तेस्रो पंक्तिमा दुई जनाको लागि सिट पनि हुनेछ । सो कारमा २०२० हुन्डाई क्रेटा एसयूभी भन्दा नयाँ फिचर र इक्विपमेन्ट हुनेछ । नयाँ एसयूभीमा ब्लुलाइन कनेक्टेड कार टेक्नोलोजीको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, भेन्टिलेटेड सिट, फ्ल्याट बटम स्टेयरिङ ह्विल, ३६० डिग्री क्यामेरा, प्यानोरमिक सनरुफ जस्ता फिचर हुनेछ ।
अल न्यू हुन्डाई ७ सिटर एसयूभीमा ५ सिटर क्रेटा एसयूभीको इन्जिन प्रयोग गरिनेछ । सो कारमा १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.४ लिटर जीडीआई टर्बाेचाज्र्ड पेट्रोल समावेश रहेको छ । कारको ट्रान्समिसन विकल्प पनि क्रेटा जस्तो हुने अनुमान गरिएको छ ।
भारतीय बजारमा सो ७ सिटर प्रिमियम एसयूभी अल्काजारको एक्स शोरुम मूल्य १४ लाख देखि २० लाख भारु हुनेछ । लन्चिङ पछि सो कारको एमजी हेक्टर प्लस, टाटा सफारी, ७ सिटर एसयूभी जीप कम्पाससँग प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...