पिकअप सेगमेन्टमा अर्को प्रतिस्पर्धि थपिने, हुन्डाईले सार्वजनिक ग-यो सान्ता क्रुज पिकअप
हुन्डाईले लाइफस्टाइल पिकअप सान्ता क्रुज अमेरिकामा सार्वजनिक गरेको छ ।...
हुन्डाईले सियोलमा भएको आफ्नो ’प्लेओस २५’ डेभ्लपर सम्मेलनमा नयाँ इन्फोटेनमेन्ट र अपरेटिङ सिस्टम, ’प्लेओस’ सार्बजनिक गरेको छ । २०२६ को दोस्रो त्रैमासिकमा रोल आउट हुने यस नयाँ सिस्टम २०३० सम्ममा २ करोड हुन्डाई गाडीहरूमा जाडन गरिने कम्पनीले जनाएको छ ।
सो नयाँ सिस्टमा टेस्लामा देखिने जस्तै ठूलो ट्याब्लेट–शैलीको स्क्रिन हुनेछ । जुन, स्क्रिन टच–ओन्ली हुनुको सट्टा बटन र नबहरूसँग आउने अनुमान गरिएको छ ।
सो नयाँ इन्फोटेन्मेन्ट र अपरेटिङ सिस्टमलाई हुन्डाईले कोरियामै विकास गरेको हो । यस प्लेटफर्मले उच्च–प्रदर्शन चिप्स र कन्ट्रोलरहरु, सवारी साधन अपरेटिङ सिस्टम (भेइकल ओएस), इन्फोटेनमेन्ट सिस्टम (प्लेओस कनेक्ट), क्लाउड पूर्वाधार, फ्लीट व्यवस्थापनको साथै मोबिलिटी र लजिस्टिक अप्टिमाइजेसन लगायत फिचरलाई एकीकृत गर्दछ ।
यसले अटोनोमस ड्राइभिङ, भेइकल कनेक्टिभिटी, रियल टाइम डेटा एनालाइसिस र अप्टिमाइज्ड रुट योजना जस्ता स्मार्ट मोबिलिटी कार्यक्रममा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
हुन्डाईले २०२७ को अन्त्यसम्ममा लेभल–२ प्लस एडासलाई कार्यन्वयनमा ल्याउने पनि घोषणा गरेको छ । लेभल–२ प्लस प्रणालीले क्यामेरा र रडारहरू मार्फत सवारी साधनको परिवेश पहिचान गरी जटिल निर्णयहरू लिन यसको आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्दछ ।
यसका साथै, कम्पनीले गुगल, उवर र सामसुङ लगायत अन्य टेक जायन्ट सँगको सहकार्यलाई बलियो बनाई सफ्टवेयर–डिफाइन्ड भेहिकल(एसडिभी) इकोसिस्टम विस्तार गर्ने योजना बनाएको छ ।
हुन्डाईले लाइफस्टाइल पिकअप सान्ता क्रुज अमेरिकामा सार्वजनिक गरेको छ ।...
हुन्डाईले आफ्नो चर्चित मिडसाइज एसयुभी क्रेटालाई नयाँ भर्सनमा उतारेको छ ।...
काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...