हुन्डाईले ल्यायो नयाँ इन्फोटेनमेन्ट र अपरेटिङ सिस्टम, यस्तो छ विशेषता

हुन्डाईले सियोलमा भएको आफ्नो ’प्लेओस २५’ डेभ्लपर सम्मेलनमा नयाँ इन्फोटेनमेन्ट र अपरेटिङ सिस्टम, ’प्लेओस’ सार्बजनिक गरेको छ । २०२६ को दोस्रो त्रैमासिकमा रोल आउट हुने यस नयाँ सिस्टम २०३० सम्ममा २ करोड हुन्डाई गाडीहरूमा जाडन गरिने कम्पनीले जनाएको छ ।

सो नयाँ सिस्टमा टेस्लामा देखिने जस्तै ठूलो ट्याब्लेट–शैलीको स्क्रिन हुनेछ । जुन, स्क्रिन टच–ओन्ली हुनुको सट्टा बटन र नबहरूसँग आउने अनुमान गरिएको छ ।

सो नयाँ इन्फोटेन्मेन्ट र अपरेटिङ सिस्टमलाई हुन्डाईले कोरियामै विकास गरेको हो । यस प्लेटफर्मले उच्च–प्रदर्शन चिप्स र कन्ट्रोलरहरु, सवारी साधन अपरेटिङ सिस्टम (भेइकल ओएस), इन्फोटेनमेन्ट सिस्टम (प्लेओस कनेक्ट), क्लाउड पूर्वाधार, फ्लीट व्यवस्थापनको साथै मोबिलिटी र लजिस्टिक अप्टिमाइजेसन लगायत फिचरलाई एकीकृत गर्दछ ।

यसले अटोनोमस ड्राइभिङ, भेइकल कनेक्टिभिटी, रियल टाइम डेटा एनालाइसिस र अप्टिमाइज्ड रुट योजना जस्ता स्मार्ट मोबिलिटी कार्यक्रममा सहयोग पुर्याउने विश्वास लिइएको छ ।

हुन्डाईले २०२७ को अन्त्यसम्ममा लेभल–२ प्लस एडासलाई कार्यन्वयनमा ल्याउने पनि घोषणा गरेको छ । लेभल–२ प्लस प्रणालीले क्यामेरा र रडारहरू मार्फत सवारी साधनको परिवेश पहिचान गरी जटिल निर्णयहरू लिन यसको आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्दछ ।

यसका साथै, कम्पनीले गुगल, उवर र सामसुङ लगायत अन्य टेक जायन्ट सँगको सहकार्यलाई बलियो बनाई सफ्टवेयर–डिफाइन्ड भेहिकल(एसडिभी) इकोसिस्टम विस्तार गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

क्रेटा ईभीको बुकिङ खुला, नेपाली बजारमा छिट्टै उपलब्ध हुने

क्रेटा ईभीको बुकिङ खुला, नेपाली बजारमा छिट्टै उपलब्ध हुने

आधिकारिक लन्च अगावै हुन्डाईले आफ्नो बहुप्रतिक्षित क्रेटा ईभीको बुकिङ...

भोलि लन्च हुँदै हुन्डाई क्रेटा २०२२, लिक भयो फोटो

भोलि लन्च हुँदै हुन्डाई क्रेटा २०२२, लिक भयो फोटो

हुन्डाईले क्रेटाको फेसलिफ्ट इन्डोनेसियाली कार बजारमा सार्वजनिक गर्ने...

क्रेटा इलेक्ट्रिकको तीन नयाँ भेरिएन्ट सार्वजनिक, फिचर र रेन्ज पनि बढ्यो

क्रेटा इलेक्ट्रिकको तीन नयाँ भेरिएन्ट सार्वजनिक, फिचर र रेन्ज पनि बढ्यो

हुन्डाईले भारतामा क्रेटा इलेक्ट्रिकको तीन नयाँ भेरिएन्ट लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...