पावर र फिचर्स लोडेड सानो एसयूभी हुन्डाई भेन्यू आइएमटीमा शिवपुरीसम्मको यात्रा
ह्याचब्याक कारबाट अपग्रेड हुन चाहने या कम बजेटमा एसयूभी प्रयोग गर्न चाहने,...
हुन्डाईले आगामी दिनमा आफ्ना नयाँ इलेक्ट्रिक मोडलहरु लन्च गर्ने तयारी गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले क्रेटाको इलेक्ट्रिक भेरिएन्ट पनि आगामी मोडलहरूमा समावेश गरेको छ । हुन्डाईले आगामी दिनमा ३ वटा नयाँ इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ ।
हुन्डाई इन्डियाले आफ्नो लोकप्रिय एसयूभी क्रेटाको इलेक्ट्रिक भेरिएन्ट लन्च गर्ने तयारी गरिरहेको छ । सो एसयूभी धेरै पटक परीक्षणका क्रममा देखिसकिएको छ । यसको मूल्य १५ लाखदेखि १८ लाख भारुसम्म हुन सक्ने दावी गरिरहेको छ ।
हुन्डाई क्रेटा ईभीमा ४५ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिने सम्भावना रहेको छ, जसको सर्टिफाइड रेन्ज लगभग ४५० किलोमिटर रहेको अनुमान गरिएको छ भने वास्तविक रेन्ज ३५० किलोमिटर हुने अनुमान गरिएको छ । हुन्डाई क्रेटा ईभीमा रहेको इलेक्ट्रिक मोटरले अधिकतम १३८ बीएचपी पावर र २५५ एनएमको पीक टर्क उत्पन्न गर्न सक्छ ।
हुन्डाईको अर्को इलेक्ट्रिक भेरिएन्ट इन्स्टर ईभी हुन सक्ने अनुमान गरिएको छ । मिडिया रिपोर्टका अनुसार आगामी हुन्डाई इन्स्टर ईभी २०२६ सम्ममा उपलब्ध हुन सक्ने अनुमान छ । हुन्डाई इन्स्टर ईभीले भारतीय बजारमा टाटा पन्च ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।
हुन्डाई क्रेटा ईभी र इन्स्टर ईभी पछि कम्पनीले भेन्युको इलेक्ट्रिक भेरिएन्ट पनि लन्च गर्ने सम्भावना छ । हुन्डाई भेन्यु ईभीले बजारमा टाटा नेक्सन ईभीसँग सीधै प्रतिस्पर्धा गर्नेछ। यद्यपी कम्पनीले यसबारेमा आधिकारिक बयान भने दिएको छैन ।
ह्याचब्याक कारबाट अपग्रेड हुन चाहने या कम बजेटमा एसयूभी प्रयोग गर्न चाहने,...
काठमाडौं-नेपाली बजारमा केहि समययता प्रतिक्षा गरिँदै आएको हुन्डाई क्रेटा...
भारतीय बजारमा केही समययता लन्च भएका एकदर्जन कार नेपाल आउने प्रतिक्षमा छन्...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...