नेपाली बजारमा समेत उपलब्ध अयोनिक ५ ले जित्यो ‘वल्र्ड कार अफ दि इयर’ अवार्ड

हुन्डाईको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ ले यस वर्षको ‘वल्र्ड कार अफ दि इयर’ अवार्ड जितेको छ । नेपाली बजारमा समेत उपलब्ध यो इलेक्ट्रिक कारले फोर्ड मस्टाङ म्याक ई र किया इभी६ लाई पछि पार्दै यो प्रतिष्ठित अवार्ड हात पारेको हो । यसैगरी अर्वान कार अवार्डबाट टोयोटा यारिस क्रस सम्मानित भएको छ भने पर्फमेन्स क्याटागोरीमा औडी ई ट्रोन र लक्जरी बिधामा मर्सिडिज वेन्ज इक्युएस अव्वल ठहरिएका छन् ।

यो इलेक्ट्रिक कारले यसअघि ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड–२०२१’ र वेलायतमा युके कार अफ दि इयरको अवार्ड सहित अन्य थुप्रै अवार्ड समेत पाउन सफल भैसकेको छ ।

यस्तो छ यो कारको विशेषता
नयाँ आयोनिक–५ फ्युचरिस्टिक अर्थात भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो । निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ । आयोनिक–५ हुन्डाईको नयाँ आयोनिक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी व्याट्री इलेक्ट्रिक भेइकल प्लेटफर्म’ मा बनेको हो ।

आयोनिक ५ को डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ । यो गाडी अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट पर्फर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन उपयुक्त रहेको छ । हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’ मा निर्माण भएको आयोनिक–५ मा रियर ह्विल ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा सोलार वा भिजन रुफ, भेइकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यु मोनिटर तथा भ्वाइस रिकग्निसन भेइकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।

नेपाली बजारमा यो प्यानोरामिक सनरुफ र सोलार सनरुफ सहित कुल २ भेरियन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये प्यानोरामिक सनरुफयुक्त भेरिएन्टको मूल्य ८० लाख ९६ हजार र सोलार सनरुफयुक्त भेरिएन्टको मूल्य ८१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । म्याट कलर कलर किन्न चाहने ग्राहकले ६० हजार अतिरिक्त रकम तिर्नु पर्नेछ ।

सम्बन्धित समाचारहरू

जनवरी १६ मा लन्च हुँदै हुन्डाई क्रेटा फेसलिफ्ट, बुकिङ खुल्ला

जनवरी १६ मा लन्च हुँदै हुन्डाई क्रेटा फेसलिफ्ट, बुकिङ खुल्ला

हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको फेसलिफ्ट अवतार जनवरी १६ मा भारतीय...

यस्तो हुनेछ क्रेटा फेसलिफ्टको इन्टेरियर, जनवरी १६ मा लन्च हुने

यस्तो हुनेछ क्रेटा फेसलिफ्टको इन्टेरियर, जनवरी १६ मा लन्च हुने

हुन्डाईले १८ दिनपछि बजारमा ल्याउने तयारी थालेको क्रेटा फेसलिफ्टको स्पाई...

हुन्डाई नेपालको Be (v) the Change अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न

हुन्डाई नेपालको Be (v) the Change अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न

काठमाण्डौ – हुन्डाई नेपालले ‘Be (v) the Change’ अभियान अन्तर्गत रातोमाटे डाँडा,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...