अटो एक्सपो २०२५ मा हुन्डाईको आयोनिक९ इलेक्ट्रिक एसयूभी सार्वजनिक, चाँडै लन्च हुने अपेक्षा

हुन्डाईले भारत मोबिलिटी २०२५ अन्तर्गत अटो एक्सपो २०२५ मा प्रिमियम इलेक्ट्रिक एसयूभी हुन्डाई आयोनिक ९ सार्वजनिक गरेको छ ।

सो इलेक्ट्रिक एसयूभीमा कम्पनीले धेरै उत्कृष्ट फिचर प्रदान गरेको छ । यसमा एलईडी सिग्नेचर लाइटसहित तीन रो सिट, १९, २० र २१ इन्चको अलोय ह्विलको विकल्प, प्यानारोमिक सनरुफ, सेकेन्ड रोमा पाइलट सिट, ६२० लिटर क्षमताको बुट स्पेस, १०० वाट हाई आउटपुट यूएसबी टाइप सी पोर्ट, १२.३ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र १२.३ इन्च इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचर प्रदान गरेको छ ।

साथै हुन्डाई कार प्ले, डिजिटल साइड मिरर, रिमोट स्मार्ट पार्किङ असिस्ट-२, हाइवे ड्राइभिङ असिस्ट-२, ड्युअल टोन इन्टेरियर, फ्लस डोर ह्यान्डल, एबीएस, ईबीडी, एयरब्याग, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, आइसोफिक्स चाइल्ड एन्करेज, रूफ रेल, ३६० डिग्री क्यामेरा र इलेक्ट्रिकली एडजस्टेबल सिट जस्ता फिचर दिइएको छ।

हुन्डाईको आयोनिक ९ प्रिमियम इलेक्ट्रिक एसयूभीमा ११०.३ किलोवाट क्षमताको ब्याट्री दिइएको छ, जसले फुल चार्जमा ६२० किलोमिटरसम्मको डब्ल्युएलटीपी रेन्ज प्राप्त गर्न सकिन्छ । फास्ट चार्जरबाट एसयूभीलाई २० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। 

कम्पनीले सो इलेक्ट्रिक एसयूभीको लन्चिङको बारेमा कुनै जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि रिपोर्टका अनुसार कम्पनीले २०२५ को अन्त्यसम्ममा सो इलेक्ट्रिक एसयूभी भारतीय बजारमा लन्च गर्ने अपेक्षा गरिएको छ । लन्चको समयमा यसको अपेक्षित एक्स-शोरूम मूल्य लगभग १ करोड ३० लाख भारु हुन सक्छ ।

सम्बन्धित समाचारहरू

हुन्डाइले सार्वजनिक गर्यो अयोनिक ६ को डिजाइन, टेस्ला मोडल ३ संग प्रतिस्पर्धा हुने

हुन्डाइले सार्वजनिक गर्यो अयोनिक ६ को डिजाइन, टेस्ला मोडल ३ संग प्रतिस्पर्धा हुने

कोरियन अटो निर्मात हुन्डाइले आयोनिक ६ को डिजाइन सार्वजनिक गरेको छ । यसै...

हुन्डाई टुसानले पायो भारत एनक्यापबाट ५ स्टार रेटिङ

हुन्डाई टुसानले पायो भारत एनक्यापबाट ५ स्टार रेटिङ

हुन्डाई टुसानलाई भारत एनक्यापले ५ स्टार रेटिङ दिएको छ । एसयुभीले वयस्क...

हुन्डाई क्रेटा र भेन्यू फेसलिफ्टको डिजाइन टुसानको जस्तै हुने

हुन्डाई क्रेटा र भेन्यू फेसलिफ्टको डिजाइन टुसानको जस्तै हुने

हुन्डाई मोटर्स इन्डियाले यसै बर्षको अन्त्यसम्ममा लन्च गर्ने भनिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...