थ्री रो सीटमा आउने भयो हुन्डाई आयोनिक७, सार्वजनिक भयो तस्विर

आयोनिक७ को २०२४ मोडल थ्री रो सीट सहित तीन भिन्न पावरट्रेनमा आउने भएको छ । किया इभी९ संग प्रतिस्पर्धा गर्न आउन लागेको सो नयाँ इभीको तस्विर पहिलोपटक सार्वजनिक भएको छ । निकै नै आकर्षक र युनिक फिचरले सुुसज्जित रहने आयोनिक७ मा थ्री रो सीट र ५ वटा ढोका रहने जनाइएको छ ।

ई–जीएमपी प्लेटफर्ममा तयार हुने सो नयाँ इभीमा हुन्डाईले कियाको इभी७ मा प्रयोग भएको पावरट्रेन दिने जनाएको छ । जसअनुसार यसको इन्ट्रि लेवलमा ७६.१ किलोवाट अवारको व्याट्री र रियर माउन्टेड मोटर उपलब्ध हुनेछ भने यसको पावर २१५ एचपी रहनेछ ।

यसैगरी यसको अर्को रियल ह्विल ड्राइभ भेरिएन्टमा ९९.८ किलोवाट आवरको व्याट्री प्याक जडान हुने भएको छ । यो भेरिएन्टले सिंगल चार्जमा ४८३ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । आयोनिक७ मा धेरै पावर खोज्ने ग्राहकका लागी कम्पनीले डुअल मोटर अल ह्विल ड्राइभ सिस्टम भएको भेरिएन्ट समेत ल्याउने जनाएको छ । सो भेरिएन्टको पावर ३७९ एचपी र टर्क ६९९ एनएम रहने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउन प्रिमियम ईभी जिकर एक्स

आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउन प्रिमियम ईभी जिकर एक्स

जिकर एक्स, प्रिमियम कम्प्याक्ट एसयूभी हो, जुन आधुनिक सहरी जीवनशैलीलाई सहज र...

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा नयाँ मोडल ल्याउने तयारी

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा नयाँ मोडल ल्याउने तयारी

काठमाडौंः प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

बजारमा चाइनिज ब्रान्डका ईभी, नयाँलाई स्वागत पुरानालाई कर बढाएर कसिकसाउँ

बजारमा चाइनिज ब्रान्डका ईभी, नयाँलाई स्वागत पुरानालाई कर बढाएर कसिकसाउँ

विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक भेइकल अर्थात ईभी उत्पादक राष्ट्र चीन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...