एसियन राष्ट्रमा ईभी फ्लिटका लागि बीवाईडी र ग्र्याब बिच सहकार्यको घोषणा, ५० हजार ईभी प्रयोग हुने
चाइनिज अटो मेकर बीवाईडी र राइड सेयरिङ सेवा उपलब्ध गराइरहेको कम्पनी...
काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ को मूल्यमा १४ लाख रुपैयाँले कमी भएको छ ।
हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हालै सार्वजनिक नयाँ बजेटको व्यवस्था अनुसार मूल्य समायोजन गरेको हो । हुन्डाईको नयाँ मूल्य सूची कम्पनीको वेबसाइटमा समेत अपडेट गरिएको छ ।
हुन्डाई आयोनिक ५ को मूल्य पहिले १ करोड १६ लाख ९६ हजार भएकोमा अब समायोजन भएर १ करोड २ लाख ९६ हजार रुपैयाँ निर्धारण भएको हो ।
हालै सार्वजनिक गरिएको नयाँ बजेटले १०० किलोवाट देखि २०० किलोवाट सम्म क्षमताका विद्युतीय गाडीको कर घटाएसँगै हुन्डाईको यो कारको मूल्य पनि घटेको हो ।
१०० किलोवाटदेखि २०० किलोवाटसम्म विद्युतीय मोटर जडित कारमा यसअघि ३० प्रतिशत रहेको भन्सार दरलाई २० प्रतिशत कायम गरिएको छ। त्यस्तै सोही मोटर क्षमता भएको विद्युतीय कारमा ३० प्रतिशत नै रहेको अन्तःशुल्क २० प्रतिशतमा सीमित गरिएको छ।
यस अनुसार यो सेगमेन्टका इलेक्ट्रिक कार आयात गर्दा समग्रमा २० प्रतिशत कम कर तिर्नु पर्नेछ । हुन्डाई आयोनिक ५ मा १२५ किलोवाटको मोटर प्रयोग भएको छ । यस आधारमा यसको मूल्यमा पनि कमी हुने भएको हो ।
चाइनिज अटो मेकर बीवाईडी र राइड सेयरिङ सेवा उपलब्ध गराइरहेको कम्पनी...
काठमाडौं– इलेक्ट्रिक कार बिक्री गर्ने कम्पनीको उपस्थिती वढेसंगै यो...
हेटौंडा – हेटौंडा ह्विल्सले हुन्डाईको ह्याप्पी मुभसँगको सहकार्यमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...