हुन्डाई आयोनिक ५ किन्नेहरुका लागि खुसीको खबर : १४ लाख रुपैयाँले घट्यो मूल्य

काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ को मूल्यमा १४ लाख रुपैयाँले कमी भएको छ ।

हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हालै सार्वजनिक नयाँ बजेटको व्यवस्था अनुसार मूल्य समायोजन गरेको हो । हुन्डाईको नयाँ मूल्य सूची कम्पनीको वेबसाइटमा समेत अपडेट गरिएको छ ।

हुन्डाई आयोनिक ५ को मूल्य पहिले १ करोड १६ लाख ९६ हजार भएकोमा अब समायोजन भएर १ करोड २ लाख ९६ हजार रुपैयाँ निर्धारण भएको हो ।

हालै सार्वजनिक गरिएको नयाँ बजेटले १०० किलोवाट देखि २०० किलोवाट सम्म क्षमताका विद्युतीय गाडीको कर घटाएसँगै हुन्डाईको यो कारको मूल्य पनि घटेको हो ।

१०० किलोवाटदेखि २०० किलोवाटसम्म विद्युतीय मोटर जडित कारमा यसअघि ३० प्रतिशत रहेको भन्सार दरलाई २० प्रतिशत कायम गरिएको छ। त्यस्तै सोही मोटर क्षमता भएको विद्युतीय कारमा ३० प्रतिशत नै रहेको अन्तःशुल्क २० प्रतिशतमा सीमित गरिएको छ।

यस अनुसार यो सेगमेन्टका इलेक्ट्रिक कार आयात गर्दा समग्रमा २० प्रतिशत कम कर तिर्नु पर्नेछ । हुन्डाई आयोनिक ५ मा १२५ किलोवाटको मोटर प्रयोग भएको छ । यस आधारमा यसको मूल्यमा पनि कमी हुने भएको हो ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक स्कुटर खोज्नेका लागि उपयुक्त ब्रान्ड सेगवे नाइनबटका चार मोडल नेपालमा उपलब्ध (मूल्य सूची)

इलेक्ट्रिक स्कुटर खोज्नेका लागि उपयुक्त ब्रान्ड सेगवे नाइनबटका चार मोडल नेपालमा उपलब्ध (मूल्य सूची)

नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । ती मध्ये...

रसुवा नाकाबाट एकै दिन ल्याइयो २२ वटा विद्युतीय माइक्रोबस

रसुवा नाकाबाट एकै दिन ल्याइयो २२ वटा विद्युतीय माइक्रोबस

रसुवा – नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका...

युरो कप शुरु हुँदै गर्दा फुटबलर फिल फोडेनले किने बीवाईडी सिल, इन्स्टाग्राममा चर्चा

युरो कप शुरु हुँदै गर्दा फुटबलर फिल फोडेनले किने बीवाईडी सिल, इन्स्टाग्राममा चर्चा

म्यानचेस्टर सिटी क्लबमा आवद्ध इंग्ल्यान्डका फुटबल खेलाडी फिल फोडेनले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...