पिकअप सेगमेन्टमा अर्को प्रतिस्पर्धि थपिने, हुन्डाईले सार्वजनिक ग-यो सान्ता क्रुज पिकअप
हुन्डाईले लाइफस्टाइल पिकअप सान्ता क्रुज अमेरिकामा सार्वजनिक गरेको छ ।...
हुन्डाई मोटर ग्रुपले तीन वटा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटीज) सँग मिलेर ब्याट्री र इलेक्ट्रिफिकेसनको क्षेत्रमा संयुक्त अनुसन्धानका लागि सहकार्य गर्ने घोषणा गरेको छ । आईआईटी दिल्ली, आईआईटी बम्बे र आईआईटी मद्रास गरी तीन इन्स्टिच्युट यसमा संलग्न हुनेछन् ।
आईआईटी दिल्लीमा हुन्डाई मोटर ग्रुपको प्रायोजनमा हुन्डाई सेन्टर अफ एक्सिलेन्स (सीओई) स्थापना गरिने छ । हुन्डाई सेन्टर अफ एक्सिलेन्सले ब्याट्री र इलेक्ट्रिफिकेसनमार्फत गरिने ड्राइभिङ एड्भान्समेन्टका लागि आवश्यक नेतृत्व गर्नेछ, जसले विशेष गरी भारतीय बजारलाई लक्ष्यित गर्नेछ ।
आईआईटी दिल्लीमा भएको एक समारोहमा हुन्डाई मोटर ग्रुप र आईआईटीका प्रतिनिधिहरुले एक सहमति पत्रमा हस्ताक्षर गरे । यस अनुसार उनीहरुले ‘हुन्डाई मोटर ग्रुप – आईआईटी हुन्डाई सीओई’ को स्थापना गर्नेछन् ।
हुन्डाई मोटर ग्रुपले ५ वर्षको अवधिमा करिव ७० लाख अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । यस अनुसार आगामी दिनमा सफ्टवेयर र हाइड्रोजन फ्युल सेलको क्षेत्रमा समेत कार्य गर्ने बताइएको छ ।
सीओईले यो वाहेक कोरिया र भारतका बिचमा प्राविधिक तथा मानवीय शक्तिको आदानप्रदान समेत गर्नेछ ।
हुन्डाईले लाइफस्टाइल पिकअप सान्ता क्रुज अमेरिकामा सार्वजनिक गरेको छ ।...
काठमाडौं– हुन्डाईको वहुप्रतिक्षित बिद्युतिय एसयुभी क्रेटा आगामी जनवरी...
विभिन्न कार निर्माता कम्पनीले २०२२ मा नयाँ गाडी लन्च गर्ने योजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...