हाइब्रिड इन्जिन र थप प्रिमियम सुविधासहित नयाँ पुस्ताको हुन्डाई क्रेटा २०२७ मा आउँदै
हुन्डाईले भारतीय बजारमा क्रेटा एसयूभीको नयाँ पुस्ता नयाँ फिचरसहित लन्च...
हुन्डाईले मंगलबार भारतमा नयाँ कार हुन्डाई आई२० एन लाइन आधिकारिक रुपममा सार्वजनिक गरेको छ । आई२० एन लाइनमा विशेष हाइलाइट्स समावेश गरिएको छ, जसले गर्दा यो हाल प्रचलित आई२० भन्दा फरक देखिनेछ । आगामी दिनमा कम्पनीले एन लाइनमा अन्य धेरै मोडल समेत उपलब्ध गराउने छ । सो एसयूभीमार्फत प्राप्त स्पोर्टी ड्राइभिङ अनुभवले युवामाझ लोकप्रिय हुने विश्वास गरिएको छ ।
हुन्डाई एन लाइन केही समय देखि अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छ । यद्यपि आई२० एन लाइन भारतमा यो सिरिजको पहिलो उत्पादन हुनेछ । एन मोडल हुन्डाईको हाई परफर्मेन्स भर्सन हो ।
हुन्डाईले भारतमा आई२० एन लाइनको बुकिङ सुरु गरिसकेको छ । सो एसयूभी बुकिङको लागि २५ हजार भारुमा बुक गर्न सकिन्छ । कम्पनीले यसको मूल्य सेप्टेम्बरमा घोषणा गर्नेछ र सोही दिन बिक्री पनि सुरु गर्नेछ ।
हुन्डाईको परफर्मेन्स ब्रान्ड दुई भेरिएन्ट एन लाइन र एनमा उपलब्ध रहेको छ । जसमा एन लाइन स्ट्यान्डर्ड मोडलको लागि स्पोर्टी अपडेट उपलब्ध रहेको छ । यसमा विशेषगरी इन्टेरियर र एक्सटेरियर अपडेट पनि समावेश रहेको छ । एन रेन्जमा एयरो किट, अपडेटेड च्यासिस, सस्पेन्शन, ब्रेक र अन्य कम्पोनेन्टको साथमा पावरफुल इन्जिन समावेश छ । जसले कारलाई हाई परफर्मेन्स मोडल बनाउँछ ।
लुक र डिजाइन
हुन्डाई आई२० एन लाइनमा स्पोर्टियर डुअल टोन फ्रन्ट बम्पर उपलब्ध रहेको छ । जसमा गहिरो सेट फगल्याम्प र स्पोर्टी रेड एक्सेन्ट रहेको छ । यसको साथै स्पोर्टियर देखिने ग्रिल जसमा चेकर्ड फ्ल्यागबाट प्रेरित डिजाइन, एन लाइन लोगो र फ्रन्ट स्प्लिटर उपलब्ध रहेको छ ।
सो कारमा नयाँ डिजाइनको १६ इन्चको अलोय ह्वीलको साथमा रातो इन्सर्टको साथै साइड सिल गार्निश समावेश गरिएको छ । कारको रियरमा आई२० एन लाइनमा डिफ्युजर र ट्वीन एक्जस्ट पाइपको साथमा स्पोर्टियर बम्पर, साइड विंग्स, टेलगेट स्पोइलर र २ टेलल्याम्प युनिट जोड्ने डार्क क्रोम गार्निश उपलब्ध रहेको छ ।
इन्टेरियर र क्याबिन
कारको ड्यासबोर्ड लेआउट स्ट्यान्डर्ड कार जस्तो देखिन्छ । यद्यपि अल ब्ल्याक इन्टेरियरलाई रेड लाइट र रेड एम्बियन्ट लाइटिङले सजाएको छ । यसमा लेदर सिटको लागि एन लोगोको साथमा नयाँ चेकर्ड फ्लेग डिजाइन, स्पोर्टी मेटल प्याडल, बीस्पोक थ्री स्पोक स्टेयरिङ ह्वील र एन ब्रान्डेड लेदर गियर नब पनि समावेश गरिएको छ ।
फिचर
आई२० एन लाइनमा एपल कारप्ले र एन्ड्रोयड अटोको साथमा १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सिंगल पेन सनरुफ, ७ स्पिकर बोस साउन्ड सिस्टम जस्ता फिचर रहेको छ । यसको साथै सो एसयूभीमा नयाँ भ्वाइस रिकग्निसन फङ्सन पनि उपलब्ध रहेको छ ।
सेफ्टी फिचर
हुन्डाईले ब्लूलिंक एपलाई पनि अपडेट गरेको छ, जसमा १६ फ्रि ओभर–द–एयर म्याप अपडेट प्रदान गरिएको छ । सेफ्टीको लागि सो कारमा ६ एयरब्याग, टीपीएमएस, रियर भ्यु पार्किङ क्यामेरा, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल असिस्ट कन्ट्रोल समावेश गरिएको छ ।
इन्जिन र पावर
सो कार १.० लिटर, तीन सिलिन्डर टर्बो पेट्रोल इन्जिनको साथमा उपलब्ध रहेको छ । सो इन्जिनले १२० एचपीको पावर र १७२ एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसन विकल्पको रुपमा ६ स्पिड आईएमटी गियरबक्स वा ७ स्पिड डीसीटी गियरबक्स समावेश रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...