भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च

हुन्डाईले आई२० एन लाइन कार भारतमा लन्च गरेको छ । यसको सुरुवाती एक्स शोरुम मूल्य ९ लाख ८४ हजार भारु तोकिएको छ । यो कम्पनीको प्रिमियम ह्याचब्याकको स्पोर्टियर भर्सन कार हो । सो कार ९.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको स्पिड लिने क्षमता रहेको छ । त्यसैगरी यसको टप स्पिड २३० किमी प्रतिघण्टा छ ।

नयाँ आई२० एन लाइनको एक्सटेरियर र इन्टेरियरमा स्पोर्टियर कस्मेटिक डिजाइनको साथमा सस्पेन्सन सेटअप र एक्जस्ट नोट समावेश गरिएको छ । फगल्याम्प हाउजिङ र स्पोर्टी रेड एक्सेन्टको साथमा स्पोर्टियर डुअल टोन फ्रन्ट बम्पर उपलब्ध रहेको छ । यसमा स्पोर्टियर देखिने ग्रिल चेकर्ड फ्ल्याग जस्तो डिजाइन र एन लाइन लोगो जडान गरिएको छ ।

कारमा नयाँ डिजाइनको १६ इन्चको अलोय ह्विल राखिएको छ । साथै रेड इन्सर्टको साथमा साइड सिल गार्निस समावेश गरिएको छ । कारको फ्रन्ट ब्रेक क्यालिपर्स पनि रेड कलरमा रहेको छ । कारको रियरमा डिफ्युजरको ट्विन एक्जस्ट पाइपको साथमा स्पोर्टियर बम्पर, साइड विङ्सको साथमा टेलगेट स्पोइलर र द्ुई टेलल्याम्प युनिटलाई जोड्ने डार्क क्रोम गार्निस समावेश गरिएको छ ।

सो नयाँ स्पोर्टियर कार थन्डर ब्लु, फायरी रेड, टाइटन ग्रे र पोलर ह्वाइट जस्ता ४ रङमा उपलब्ध रहेको छ । जसमा फेटम ब्ल्याक रुफको साथमा थन्डर ब्लु र फेटम ब्ल्याक रुफको साथमा फायरी रेड डुअल टोन पेन्ट विकल्पमा रहेको छ ।

कारको क्याबिनमा ओभरल ड्यासबोर्ड लेआउट रेगुलर भेरिएन्ट जस्तो रहेको छ । तर, अल ब्ल्याक इन्टेरियर रेड हाइलाइट र रेड एम्बियन्ट लाइटिङले सजावट गरिएको छ । कारमा लेदर सिटको लागि एन लोगोको साथमा नयाँ चेकर्ड फ्ल्याग डिजाइन, स्पोर्टी मेटल प्याडल, थ्री स्पोक स्टेयरिङ ह्विल र एन ब्रान्डेड लेदर गियर नब समावेश गरिएको छ ।

कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटोको साथमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ समावेश गरिएको छ । यसको साथमा क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सिंगल प्यान सनरुफ र ७ स्पिकर बोस साउन्ड सिस्टम तथा नयाँ भ्वाइस रिकग्निसन फिचर समावेश गरिएको छ । यसमा सेफ्टी फिचरको लागि ६ एयरब्याग, रियरभ्यु पार्किङ क्यामेरा, अटो हेडल्याम्प, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, स्टेबिलिटी म्यानेजमेन्ट, हिल असिस्ट कन्ट्रोल समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

२०२२ हुन्डाई क्रेटाको अफिसियल टिजर जारी, अब क्रेटामा यी थप ५ परिवर्तन हुने सम्भावना

२०२२ हुन्डाई क्रेटाको अफिसियल टिजर जारी, अब क्रेटामा यी थप ५ परिवर्तन हुने सम्भावना

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईको सबैभन्दा बढी बिक्री हुने...

भारतमा हुन्डाई क्रेटाको १० वर्ष पुरा, बिक्रीमा सधैं अब्बल

भारतमा हुन्डाई क्रेटाको १० वर्ष पुरा, बिक्रीमा सधैं अब्बल

हुन्डाई मोटर्स इन्डियाको सबैभन्दा सफल मोडल क्रेटा भारतमा उत्पादन हुन...

६५ सेफ्टी फिचर भएको हुन्डाईको नयाँ कार चाँडै लन्च हुँदै

६५ सेफ्टी फिचर भएको हुन्डाईको नयाँ कार चाँडै लन्च हुँदै

हुन्डाईले आफ्नो न्यु जेनेरेशन लक्जरी सेडान भरनाको नयाँ मोडल २१ मार्चमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...