आयो हुन्डाईसँग नयाँ वर्ष २०८० अफर : ५ लाख नगद छुट, ८ लाख सम्म फाइदा
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
हुन्डाईले आफ्नो फ्ल्यागशिप एसयूभी पालिसेडको दोस्रो जेनेरेशन सार्बजनिक गरेको छ । सो नयाँ जेनेरशेनमा हुन्डाईले बक्सी र अपराइट डिजाइन दिएको छ । जसका कारण नयाँ प्यालिसेड रेन्ज रोभर–एस्क जस्तै देखिएको छ । साथै यसमा पुरानो मोडलको तुलनामा केही लामो ह्वीलबेस समेत दिइएको छ । एसयुभीको अगाडि छोटो ओभरह्याङ र स्ट्रेच्ड रियर ओभरह्याङ पनि पाउन सकिन्छ ।
एसयुभीको एक्सटेरियरमा एलईडी डिआरएलसंगै ठाडो–स्ट्याक गरिएको आयताकार एलईडी हेडल्याम्प, ठूलो ग्रिल, फ्लेर्ड व्हील आर्च, सिल्भर–फिनिश्ड डी–पिलर, ठाडो–स्ट्याक टेल लाइट, रुफ इन्टिग्रेटेड स्पोइलर, मिनिमल टेलगेट डिजाइन र पछाडीको बम्परको तल्लो भागमा फक्स स्किडप्लेट समावेश छन् ।
नयाँ प्यालिसेठको इन्टेरियरमा पूर्ण रूपमा फ्रेस क्याविन र ड्यासबोर्ड लेआउट राखिएको छ । इन्फोटेनमेन्ट र इन्स्ट्रुमेन्ट क्लस्टर स्क्रिनहरू ड्यासबोर्डको माथिल्लो भागमा र्यापराउन्ड डिजाइनका साथ सजाइएको छ । ड्यासबोर्डको तल्लो भागमा एयर कन्ट्रोल भेन्टहरू र फिजिकल स्विचहरू छन् । एसयुभीमा वायरलेस चार्जर, १०० वाट क्षमताको युएसबी चार्जिङ आउटलेट र स्टोरेज क्यूबी लगायत सुबिधा दिइएको छ ।
हुन्डाइले पहिलोपटक प्यालिसेडलाई ९–सीटर कन्फिगरेसनमा प्रस्ताव गरेको छ । अगाडिको सेन्ट्रल कन्सोलले यसलाई थप सिटको रूपमा प्रयोग गर्न अनुमति दिने जनाइएको छ । साथै यसको दोस्रो पङ्क्तिमा व्यक्तिगत कुर्सी तथा बेन्च सीट र तेस्रो पङ्क्तिमा ६०ः४० स्प्लिट बेन्च सिट राखिएको छ । यसको पावरट्रेन अप्सन भने सार्बजनिक गरिएको छैन ।
प्यालिसेड नेपाली बजारमा समेत बिक्री हुँदै आएको सबैभन्दा महंगो हुन्डाई मोडल हो । नेपाली बजारमा यसको मूल्य २ करोड ३५ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं – हुण्डाई नेपालले ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ कार्यक्रमको...
हुन्डाई नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्येको एक ब्रान्ड हो ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...