‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ विजेता घोषणा, गुरागाईले जिते हुन्डाई एक्सटर

काठमाडौं - ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर विजेता घोषणा गरिएको छ ।

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको अफरको बम्पर विजेताको नाम घोषणा गरेको हो ।

हुन्डाई फेस्टिभ डिलाइट २०८० अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत सुनसरीका इन्द्र प्रसाद गुरागाईं, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा लि, हुन्डाई बिर्तामोडका ग्राहकले हुन्डाई एक्सटर जितेका छन् । हुन्डाई नेपालको फेसबुकमा लक्की ड्र मार्फत सोमवार विजेताको नाम घोषणा गरिएको बताइएको छ ।

सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो । कार्यक्रमको प्रमुख अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ योजनामार्फत पनि ग्राहकलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।

सम्बन्धित समाचारहरू

सन् २०२२ मा हुन्डाईले २ वटा इलेक्ट्रिक कार सहित ५ लक्जरी एसयूभी लन्च गर्ने

सन् २०२२ मा हुन्डाईले २ वटा इलेक्ट्रिक कार सहित ५ लक्जरी एसयूभी लन्च गर्ने

हुन्डाई मोटर्सले २०२२ मा एसयूभी सेगमेन्टको ५ नयाँ कारहरू लन्च गर्ने भएको छ...

यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार

यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार

अप्रिल २०२३ देखि भारतमा सवारीसाधनका लागि नयाँ उत्सर्जन मापदण्ड लागू भएको...

६ भेरिएन्टमा आयो क्रेटा ईभी, मूल्य कती ?

६ भेरिएन्टमा आयो क्रेटा ईभी, मूल्य कती ?

हुन्डाईले आफ्नो बहुप्रतिक्षित एसयूभी क्रेटा इलेक्ट्रिक लन्च गरेको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...