हुन्डाईको सवैभन्दा सस्तो एसयूभी एक्स्टरमा हुनेछन् यी नयाँ फीचर, जुलाई १० मा लन्च हुँदै

हुन्डाई मोटर इण्डियाले आगामी जुलाई १० मा लन्च गर्ने तयारी थालेको एक्स्टर अहिले निकै चर्चामा रहेको छ । सो एसयूभी लन्च भएपछि सव कम्प्याक्ट सेग्मेन्टमा ठूलो प्रतस्पिर्धा हुने आँकलन गरिएको छ । हुन्डाईको प्रोडक्ट पोर्टफोलियोमा सवैभन्दा सस्तो मूल्यको एसयूभी हुने कारण पनि एस्टरलाई निकै चासोका साथ प्रतिक्षा गरिएको छ । सो एसयूभी भारतमा लन्च भएपछि नेपाली बजारमा समेत आउने हुँदा नेपाली अटो पारखी समेत उत्साहित देखिन्छन् ।

एक्स्टरलाई हुन्डाईले यसअघि ग्रान्ड आई १० निओस र औरामा प्रयोग भएको प्लेटफर्मलाई सेयर गरी तयार पार्न लागेको हो । एउटै प्लेटफर्मममा तयार भएपनि सो एसयूभीको लुक्स र डिजाइन भने विल्कुलै नयाँ र फरक प्रकारको हुनेछ । सेग्मेन्टमै पहिलो पटक सिएनजी पावरट्रेनका साथ आउन लागेको एक्स्टरमा थप केही सेग्मेन्ट फस्र्ट फिचर र वाँकी नयाँ फिचर समेत दिइनेछ ।

एक्स्टरमा कम्पनीले पहिलो पटक सेग्मेन्ट फस्र्ट फिचरका रुपमा सींगल प्यानल सनरुफ समेत दिने भएको छ । जसलाई भ्वाइस कमान्ड मार्फत संचालन गर्न सकिन्छ । यो सेग्मेन्टमा यसअघि कुनै पनि व्रान्डले यस्तो फिचर दिएको थिएन ।

सनरुफ वाहेक यसमा अर्को सेग्मेनट फस्र्ट फिचरका रुपमा ड्यासक्याम समेत उपलब्ध हुनेछ । आगडीको विन्ड शिल्डमा जडान गरिने सो क्यामेराको साहायताले क्याविन भित्र र वाहिरको दृश्य रेकर्ड गरेर डिस्प्लेमा देखाउनेछ । यसरी रेकर्ड गरिएको भिडियोलाई हेर्न ड्यासवोर्डमा अर्को छुट्टै २.३१ इन्चको एलसीडी डिस्प्ले हुनेछ । हुन्डाईले यसअघि मेन्यू एनलाईनमा यस्तो फिचर दिएको थियो ।

सानो आकारको एसयूभी भएपनि एक्स्टरलाई हुन्डाईले निकै वोल्डर वक्सी डिजाइनमा तयार गर्न लागेको हो । यसको ग्रील, सी–पील्लर र टेल गेट फिचर हुन्डाईको पारामेट्रिक डिजाइन ल्यांग्वेजबाट प्रेरित रहनेछ । सो एसयूभीमा उपलब्ध हुने स्प्लिट हेडल्याम्प, एलइडी डेटाईम रनिङ ल्याम्प र एच आकारको टेल लाइट निकै आकर्षक देखिनेछ । साथै यसको ह्विल आर्क र डोरमा पर्याप्त क्लाडिङ पाउन सकिनेछ ।

१.२ लिटरको पेट्रोल इन्जिन जडान हुने सो एसयूभीले ८३ एचपी पावर र ११४ एनएम टर्क जेनेरेट गर्नेछ । यसमा ५ स्पिड म्यानुअल र एएमटी ट्रान्समिसनको विकल्प पाउन सकिनेछ ।

सम्बन्धित समाचारहरू

सात एयरब्यागको फिचर सहित हुन्डाईको सबैभन्दा सस्तो माइक्रो एसयूभी क्यास्पर लन्च

सात एयरब्यागको फिचर सहित हुन्डाईको सबैभन्दा सस्तो माइक्रो एसयूभी क्यास्पर लन्च

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नयाँ माइक्रो एसयूभी...

हुन्डाई क्रेटा ११ भेरिएन्टमा उपलब्ध, यस्तो छ सबै भेरिएन्टको मूल्य

हुन्डाई क्रेटा ११ भेरिएन्टमा उपलब्ध, यस्तो छ सबै भेरिएन्टको मूल्य

एसयूभी बजारमा सर्बाधिक लोकप्रिय मोडल हो हुन्डाई क्रेटा । यो एसयूभी नेपाल...

हुन्डाई फेस्टिभ डिलाइट बम्पर अफरको विजेता घोषणा

हुन्डाई फेस्टिभ डिलाइट बम्पर अफरको विजेता घोषणा

काठमाडौं –हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...