दशैं–तिहारमा कारमा १२ लाख र बाइकमा १ लाखसम्मको बम्पर छुट, कुन कम्पनीको कस्तो अफर ?
काठमाडौं – यसपालीको दशैँमा नयाँ सवारी साधन किन्ने सोचमा हुनुहुन्छ । यदि...
काठमाडौं –हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफरु को विजेता औपचारिक रूपमा घोषणा गरेको छ ।
बम्पर उपहारस्वरूप नयाँ हुन्डाई भेन्यु १.२ को चाबी कुबेरा कन्स्ट्रक्सन प्रालिलाई प्रदान गरिएको छ ।
नेपालको सबैभन्दा ठूलो चाडपर्व दशैं र तिहारको अवसरमा सुरु गरिएको फेस्टिभ डिलाइट २०८१ अफर गत वर्षको साउन ६ गतेदेखि कात्तिक २२ गतेसम्म सञ्चालन गरिएको थियो ।
यस अवधिमा ग्राहकहरूले आकर्षक नगद छुट, १ लाखसम्मको स्क्र्याच कार्ड पुरस्कार, एक वर्षको सडक कर छुट, एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स, तथा पुरानो सवारी एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस जस्ता सुविधा प्राप्त गरेका थिए ।
बम्पर विजेताको घोषणा २०८२ साउन १५ गते हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो । हुन्डाई नेपालका प्रतिनिधिहरू र कन्जुमर आई नेपालकी अध्यक्ष बिमला खनालको उपस्थितिमा पारदर्शी रूपमा विजेता छनोट गरिएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...