हुन्डाई कार किनेका पाण्डे जान पाउने भए वर्ल्ड कप फाइनल हेर्न कतार, गुरुङ र जिसी प्रस्थान

काठमाडौं – नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ। विजेताले कम्पनीको तर्फबाट विश्व कपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन्।

कम्पनीले आइतबार नक्सालको शोरुममा एउटा विशेष कार्यक्रम गरी ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेता छनोट गरेको हो ।अभियानमा आफ्नो नाम रेजिस्टर गरेका ८८७ प्रमाणित ग्राहकहरू मध्ये नयाँपाल बहादुर पाण्डे भाग्यशाली विजेता बनेका छन्। विजेताको रुपमा उनी विश्व कप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने भएका छन्।

कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल र राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत लक्की ड्र गरी विजेताको घोषणा गरे। हुन्डाईका सबै विद्यमान ग्राहकहरूले आफ्नो भीआईएन/भीईएन नम्बर मार्फत आफूलाई दर्ता गरी ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ मा सहभागी हुन सक्ने प्रावधान रहेको थियो।

यसै गरी शनिबार कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्व कप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि कतारका लागि बिदाइ गरेको थियो।

हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एण्ड विन, फुटबलको विश्वव्यापी अपील मार्फत विश्वभरका मानिसहरूलाई दिगोपना सम्बन्धी कार्यहरुमा सहभागी गराउने उद्देश्यले गरिएको थियो।

कार्यक्रम अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने थिए। र यसरी सहभागी भएका हजारौं ग्राहकहरू मध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता चुनिएका छन्। दुवै जना विजेताहरू आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरेका छन्।

हुन्डाई फिफा विश्वकप २०२२ को एक आधिकारिक प्रायोजक हो र यसले आफ्ना विद्यमान तथा सम्भावित ग्राहकहरूलाई अवसरहरू प्रदान गरेको छ। हुन्डाई नेपालले विगतमा पनि यस्तै रमाइलो क्याम्पेनहरू ल्याइरहेको छ र भविष्यमा पनि आफ्नो ग्राहकका लागि यस्ता क्याम्पेनहरू जारी राख्ने बताएको छ।

सम्बन्धित समाचारहरू

निषेधाज्ञाबीच हुन्डाईले ल्यायो हटलाइन सेवा

निषेधाज्ञाबीच हुन्डाईले ल्यायो हटलाइन सेवा

काठमाडौं – हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी...

हुन्डाईको कार लन्च हुनुअघि नै तस्विर लिक, विश्वभर भाइरल !

हुन्डाईको कार लन्च हुनुअघि नै तस्विर लिक, विश्वभर भाइरल !

लामो समयदेखि प्रतीक्षित हुन्डाईको आई२० फेसलिफ्ट मोडलको इन्टेरियर र...

३ लाख युनिट बिक्री भयो हुन्डाईको लोकप्रिय सब–कम्प्याक्ट एसयूभी भेन्यु

३ लाख युनिट बिक्री भयो हुन्डाईको लोकप्रिय सब–कम्प्याक्ट एसयूभी भेन्यु

हुन्डाईको लोकप्रिय सब–कम्प्याक्ट एसयूभी भेन्यु सन् २०१९ मा लन्च भएदेखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...