परीक्षण क्रममा देखियो हुन्डाई क्रेटाको तेस्रो पुस्ता

हुन्डाईले आफ्नो लोकप्रिय मिड साइज एसयूभी क्रेटाको तेस्रो पुस्ताको परीक्षण गरिरहेको छ । हाल दोस्रो पुस्ताको फेसलिफ्ट मोडल बिक्री भइरहेको भए पनि कम्पनीले तेस्रो पुस्ताको क्रेटाको विकास गरिरहेको छ।

नयाँ क्रेटा हुन्डाईको एड्भान्स केथ्री प्लेटफर्ममा आधारित हुने अपेक्षा गरिएको छ। यसले गाडीलाई अझ मजबुत संरचना, राम्रो ह्यान्डलिङ र सुरक्षित ड्राइभिङ अनुभव दिने विश्वास गरिएको छ। सो मोडल पहिलेभन्दा अझ प्रिमियम देखिने अनुमान गरिएको छ। कम्पनीले यसमा ठुलो १९ इन्चको अलोय ह्विल र फराकिला टायर दिन सक्ने सम्भावना रहेको छ ।

डिजाइनतर्फ हेर्दा नयाँ क्रेटाको फ्रन्ट बक्सी र मस्कुलर देखिनेछ। यसमा माथिल्लो भागमा शार्प एलईडी डीआरएल राखिनेछ भने त्यसको तल नयाँ शैलीका हेडलाइटहरू जडान गरिनेछ । रियरमा होरिजेन्टल शैलीका एलईडी टेललाइट प्रयोग गरिनेछ, जसले एसयूभीलाई आधुनिक र प्रिमियम पहिचान दिनेछ।

यसको इन्टेरियरमा पनि कम्पनीले ठुलो परिवर्तन गर्ने तयारी गरेको छ। कम्पनीले नयाँ क्रेटालाई सफ्टवेयर डिफाइन्ड भेहिकलको रूपमा विकास गरिँदैछ । गाडीमा कम्पनीको नयाँ ‘प्लेओस कनेक्ट’ इन्फोटेनमेन्ट सिस्टम समावेश गर्ने अनुमान गरिएको छ, जसमा ग्लियो एआई असिस्ट समावेश हुनेछ। सो सिस्टममार्फत प्रयोगकर्ताले आफ्नै आवश्यकता अनुसार एपहरू सिधै गाडीमा डाउनलोड गर्न सक्ने सुविधा पाउनेछ ।ड्यासबोर्डमा नयाँ चौडा टीएफटी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइनेछ ।  

नयाँ क्रेटामा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन उपलब्ध हुने अपेक्षा गरिएको छ। हुन्डाईको नयाँ क्रेटा लन्चपछि रेनो डस्टर र टाटा सिएरा जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

हुन्डाईको नयाँ एसयूभी एक्सटरको रियर लुक सार्वजनिक

हुन्डाईको नयाँ एसयूभी एक्सटरको रियर लुक सार्वजनिक

हुन्डाईले आधिकारिक रूपमा नयाँ एसयूभी एक्सटर सार्वजनिक गरेको छ । सो एसयूभी...

नाडा अटो शो २०२४ मा हुन्डाई : चर्चामा मेड इन नेपाल हुन्डाई भेन्यु र नयाँ क्रेटा

नाडा अटो शो २०२४ मा हुन्डाई : चर्चामा मेड इन नेपाल हुन्डाई भेन्यु र नयाँ क्रेटा

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो २०२४ चलिरहेको छ । सो अवसरमा...

नयाँ क्रेटाको बिक्री शुरु, यस्तो छ मूल्य र विशेषता

नयाँ क्रेटाको बिक्री शुरु, यस्तो छ मूल्य र विशेषता

काठमाडौं –हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...