हुन्डाई क्रेटाको अर्काे ऐतिहासिक सफलता

हुन्डाई क्रेटाले मार्च २०२५ मा भारतको अटोमोबाइल बजारमा इतिहास रचेको छ। सो एसयूभी मार्च महिनामा सबैभन्दा धेरै बिक्री हुने कार बन्यो । केवल मार्च महिनामा मात्रै १८ हजार ५९ युनिट क्रेटा बिक्री भएका थिए। यस सफलतासँगै हुन्डाईले आर्थिक वर्ष २०२४–२५ मा उल्लेखनीय प्रगति गरेको छ, जसमा क्रेटाको बिक्री २० प्रतिशतले वृद्धि भएको छ।

कम्पनीका अनुसार अप्रिल २०२४ देखि मार्च २०२५ सम्मको अवधिमा कम्पनीले सर्वाधिक सवारी साधन बिक्री गरेको छ। आर्थिक वर्ष २०२४–२५ को चौथो त्रैमासिकमा क्रेटाको कुल ५२ हजार ८९८ युनिट बिक्री भएको थियो। यस अवधिमा कम्पनीको कुल बिक्रीमा एसयूभीको हिस्सा ६८.५ प्रतिशत पुगेको छ, जुन गत वर्ष ६३.२ प्रतिशत थियो।

ग्राहकहरू विशेष गरी क्रेटाको टप मोडलहरु प्रति आकर्षित भएका छन् । जसमा पेट्रोल र डिजेल भर्सनमा टप मोडलले कुल बिक्रीमा २४ प्रतिशत योगदान पुर्‍याएको छ भने इलेक्ट्रिक क्रेटामा यो हिस्सा अझ उच्च भएर ७१ प्रतिशत पुगेको छ।

साथै सनरुफ भएको क्रेटा पनि उल्लेखनीय रुपमा बिक्री भएको छ । क्रेटाको कुल बिक्रीमध्ये ६९ प्रतिशत सनरुफ भएका कारहरू थिए । कनेक्टेड फिचर भएका सवारी साधन पनि राम्रो बिक्री भइरहेको छ । क्रेटाको कुल बिक्रीमध्ये ३८ प्रतिशत सवारी साधन कनेक्टेड फिचर भएको थियो ।

क्रेटाको हालको एक्स-शोरूम मूल्य ११ लाख ११ हजारदेखि २० लाख ५० हजार भारुसम्म छ । साथै हुन्डाई क्रेटा इलेक्ट्रिकको एक्स-शोरूम मूल्य १७ लाख ९९ हजारदेखि २४ लाख ३८ हजार भारुसम्म छ।

नेपाली बजारमा पनि हुन्डाई क्रेटाकाे राम्रो बजार उपस्थिति छ । नेपाली बजारमा क्रेटा आईसीई र ईभी दुवै उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

हुण्डाई नेपालले सुरु गर्‍यो ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन

हुण्डाई नेपालले सुरु गर्‍यो ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन

काठमाडौं – हुण्डाई नेपालले ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ कार्यक्रमको...

अटो एक्सपो २०२५ मा हुन्डाईको आयोनिक९ इलेक्ट्रिक एसयूभी सार्वजनिक, चाँडै लन्च हुने अपेक्षा

अटो एक्सपो २०२५ मा हुन्डाईको आयोनिक९ इलेक्ट्रिक एसयूभी सार्वजनिक, चाँडै लन्च हुने अपेक्षा

हुन्डाईले भारत मोबिलिटी २०२५ अन्तर्गत अटो एक्सपो २०२५ मा प्रिमियम...

हुन्डाईको यो कारले बनायो वर्ल्ड रेकर्ड : हाइड्रोजनका साथ चल्यो ९ सय किमी

हुन्डाईको यो कारले बनायो वर्ल्ड रेकर्ड : हाइड्रोजनका साथ चल्यो ९ सय किमी

हुन्डाईको एक कारले हाइड्रोजन इन्धनका साथ ९ सय किलोमिटरको यात्रा गरेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...