मेड इन नेपाल हुन्डाई क्रेटा सार्वजनिक, पहिले भन्दा ९ लाख रुपैयाँ कम मूल्य
काठमाडौं – हुन्डाईले नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको एसयूभी...
हुन्डाई मोटर्स इन्डियाले आफ्नो लोकप्रिय एसयुभी क्रेटामा नयाँ सेफ्टि फिचर्स थप गर्ने संभावना देखिएको छ । न्यू जेनेरेशन टुसान र आयोनिक ५ मा प्रयोग भैसकेको एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम(अडास) लाई कम्पनीले क्रेटासंगै अल्काजारमा समेत थप गर्न सक्ने अनुमान गरिएको हो । यो फिचर्स थप भएपछि यी एसयुभी थप सुरक्षित बन्नेछन् । भारतमा हाल महिन्द्राले एक्युभी ७०० र एमजीले एस्टर एसयुभीमा यो प्रबिधीलाई प्रयोगमा ल्यइसकेका छन् ।
अडासको साथै हुन्डाइले यी दुबै एसयुभीमा ६ वटा एयर ब्याग, इलेक्ट्रिोनिक स्टाबिलिटी कन्ट्रोल(इएससी), भेहिकल स्टाबिलिटी म्यानेज्मेन्ज(भिएसएम) र आइएसओफिक्सलाई समेत अनिबार्य गर्न लागेको छ । यी फिचर्सलाई कम्पनीले निकट भविष्यमै लन्च गर्न गैरहेको फेसलिफ्ट मोडलमा उपलब्ध गराउने संभावना देखिएको छ ।
यसको साथै एडप्टिभ क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, हाई बिम एसिस्ट, ट्राफिक साइन रिकग्निसन, अटोमेटिक इमर्जेन्सि ब्रेकिङ, ड्राइभर ड्रोजीनेस डिटेक्सन र ब्लाइन्ड स्पट एसिस्ट लगायत फिचर्स समेत यी दुई मोडलको फेसलिफ्ट मोडलमा थप हुने अनुमान गरिएको छ । २ बर्षमित्रमा हुन्डाई भेन्यूमा समेत यी फिचर्स थप हुने आँकलन गरिएको छ ।
काठमाडौं – हुन्डाईले नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको एसयूभी...
हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतमा आफ्नो ३० वर्ष पूरा गर्न लाग्दै...
लामो समयदेखि प्रतीक्षित हुन्डाईको आई२० फेसलिफ्ट मोडलको इन्टेरियर र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...