हुन्डाई क्रेटा अव हाइब्रिड पावरट्रेनमा पनि आउने

हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय एसयुभी क्रेटालाई हाइब्रिड पावरट्रेनमा समेत उतार्ने भएको छ । हाल यसको थर्ड जेनेरेशन तयार हुने क्रममा रहेको र सोहि जेनेरेशन हाईब्रिड भर्सनमा समेत उपलब्ध हुने कम्पनीले जनाएको हो ।

नयाँ जेनेरेशन क्रेटा २०२७ मा डेब्यू हुने अपेक्षा गरिएको छ । यो लोकप्रिय एसयूभी पेट्रोल, डिजेल र पेट्रोल–हाइब्रिड इन्जिनको साथ आउनेछ ।

नयाँ क्रेटासंगै किया सेल्टोसले पनि सोहि पावरट्रेन पाउने बताइएको छ । यसमा १. ५ लिटर क्षमताको ४ सिलिन्डरयुक्त इन्जिनलाई हाइब्रिड प्रणालीसँग जोडिनेछ । साथै सो नयाँ जेनेरेशन १.५ लिटर पेट्रोल, १.५ लिटर डाइरेक्ट–इन्जेक्शन टर्बो–पेट्रोल र १.५ लिटर डिजेल इन्जिन समेत उपलब्ध हुनेछ ।

क्रेटा इलेक्ट्रिक भने हालकै जेनेरेशनमा उपलब्ध हुने र २०२७ मा मिड–लाइफ फेसलिफ्ट प्राप्त गर्ने बताइएको छ । हुन्डाई मोटर्सले क्रेटा ईभीमा ठूलो ब्याट्री प्याक दिएर अपडेट गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक भयो हुन्डाईको सबैभन्दा सानो कार क्यास्पर

सार्वजनिक भयो हुन्डाईको सबैभन्दा सानो कार क्यास्पर

कोरियन कार निर्माता कम्पनी हुन्डाई मोटर्सले माइक्रो एसयूभी क्यास्परको...

३.५ वर्षमा आयोनिक५ मा ६ लाख ६० हजार किलोमिटर यात्रा, सोसल मिडियामा भाइरल

३.५ वर्षमा आयोनिक५ मा ६ लाख ६० हजार किलोमिटर यात्रा, सोसल मिडियामा भाइरल

काठमाडौं–विद्युतिय सवारीसाधनको प्रयोग बढ्दै जाँदा यससंग जोडिएर आउने...

सिंगल चार्जमा ४८१ किमी रेन्ज दिने हुन्डाईको उत्कृष्ट इलेक्ट्रिक कार आयोनिक ५ आउँदै

सिंगल चार्जमा ४८१ किमी रेन्ज दिने हुन्डाईको उत्कृष्ट इलेक्ट्रिक कार आयोनिक ५ आउँदै

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नयाँ इलेक्ट्रिक कार आयोनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...