हुन्डाई क्रेटा ११ भेरिएन्टमा उपलब्ध, यस्तो छ सबै भेरिएन्टको मूल्य

एसयूभी बजारमा सर्बाधिक लोकप्रिय मोडल हो हुन्डाई क्रेटा । यो एसयूभी नेपाल भित्रिएदेखि नै नेपाली बजारमा सर्बाधिक बिक्री हुने एसयूभीका रुपमा परिचित छ । स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र अत्याधुनिक फिचर्सका कारण क्रेटाप्रति क्रेजी हुने ग्राहकको संख्या बढिरहेको छ ।

नेपाली बजारमा क्रेटाको ११ भेरिएन्ट उपलब्ध छ । जुन यो सेग्मेन्टकै सर्बाधिक बढी भेरिएन्ट समेत हो । डिजेल र पेट्रोल दुबै इन्जिनमा उपलब्ध यो एसयूभी ई, इएक्स, एस र एसएक्स गरी कुल ४ ट्रिममा उपलब्ध छ । जसमध्ये सबैभन्दा कम मूल्यको भेरिएन्ट ई डिजेल हो, जसको मूल्य ४५ लाख ५६ हजार रुपैयाँ पर्छ । अन्य भेरिएन्टमा ई डिजेल लोडेडको ४५ लाख ९६ हजार, ई पेट्रोलको ४७ लाख ५६ हजार, ई पेट्रोल लोडेडको ४७ लाख ९६ हजार, ईएक्स पेट्रोलको ५० लाख ९६ हजार, एस १.५ पेट्रोलको ५४ लाख ५६ हजार, एस डिजेलको ५७ लाख ५६ हजार र एसएक्स पेट्रोलको ६२ लाख ५६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यी सबै एसयूभीमा १५ सय सीसी क्षमताको इन्जिन जडान गरिएको छ । त्यसैगरी १६ सय सीसी क्षमताको एसएक्स डिजेलको मूल्य ५९ लाख ९६ हजार तोकिएको छ । एसएक्स सिभिटीको ६८ लाख ९६ हजार र सबैभन्दा महंगो एसएक्स(ओ) सिभिटीको मूल्य ७४ लाख ९६ हजार तोकिएको छ । यी दुबै गाडीमा १५ सय सीसी क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

३ लाख फरक मूल्यमा हुन्डाईको इलेक्ट्रिक कार कोना र कोना फेसलिफ्ट : यस्ता छन् ८ फरक

३ लाख फरक मूल्यमा हुन्डाईको इलेक्ट्रिक कार कोना र कोना फेसलिफ्ट : यस्ता छन् ८ फरक

नेपाली बजारमा केही समय पहिले हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट...

लन्च भयो नयाँ हुन्डाई भरना, यस्तो छ फरक विशेषता ।

लन्च भयो नयाँ हुन्डाई भरना, यस्तो छ फरक विशेषता ।

हुन्डाईले अपडेट गरिएको नयाँ भरना ४ भेरिएन्टमा भारतमा लन्च गरेको छ । सो...

काठमाडौं भित्रियो नयाँ क्रेटा, लुक्स देखि नयाँ फिचरको आकर्षण (फोटोफिचर)

काठमाडौं भित्रियो नयाँ क्रेटा, लुक्स देखि नयाँ फिचरको आकर्षण (फोटोफिचर)

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै उपलब्ध र धेरैले रुचाएको हुन्डाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...