बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हुन्डाईको नयाँ क्रेटाले भारतीय बजारमा ठूलो सफलता प्राप्त गरिरहेको छ । गत मार्च महिनामा भारतमा लन्च भएको नयाँ क्रेटा १ लाख १५ हजार भन्दा धेरै बुकिङ भएको बताइएको छ ।
लन्च पश्चात लकडाउनको अवस्थामा पनि यसले राम्रो प्रतिक्रिया पाएको छ । यो भन्दा पहिले हुन्डाईले पहिलो पटक क्रेटा बजारमा ल्याएको ५ वर्ष पुगेको छ । ५ वर्षमा ५ लाख २० हजार भन्दा धेरै युनिट क्रेटा बिक्री भएको छ । यसको अर्थ कम्पनीले हरेक ५ मिनेटमा एउटा हुन्डाई क्रेटा बिक्री गरेको छ । यो कम्पनीको सबैभन्दा सफल उत्पादन बनेको छ ।
यही वर्षको सेप्टेम्बरमा १२ हजार ३ सय युनिट क्रेटा बिक्री भएको छ । यो एक महिनामा सबैभन्दा धेरै बिक्री भएको कार हो । यसको माग बजारमा निकै नै बढिरहेको र बिक्री तथ्यांक समेत बढिरहेको कम्पनीको भनाइ छ ।
नेपाली बजारमा पनि केही समय अघि नयाँ हुन्डाई क्रेटा लन्च भइसकेको छ । नयाँ क्रेटा १.५ लिटर पेट्रोल र १.५ लिटर भीजीटी डिजेल इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ । ट्रान्समिसनको अप्सनमा ६–स्पिड रहेको छ जुन सबै रेञ्जको गाडीहरुमा स्ट्यान्डर्ड रहनेछ । साथै अप्सनल १.५ लिटर डिजेल इन्जिनका लागि टर्क कन्भर्टर र १.५ लिटर पेट्रोल मोटरको लागि आईभीटी अटोमेटिक रहेको छ । नयाँ जेनेरेसनको क्रेटा कुल ६ भेरिएन्टमा उपलब्ध छ ।
डिजेल इन्जिनमा यो ई र एस भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ४३ लाख ९६ हजार र ५४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी पेट्रोल इन्जिनमा यो ईएक्स, एस, एसएक्स भेरिएन्टमा उपलब्ध छ । एसएक्समा पनि पेट्रोल र सीभीटी पेट्रोल गरी दुई अप्सन हुनेछ । पेट्रोल इन्जिनयुक्त हुन्डाई क्रेटा ईएक्सको मूल्य ४८ लाख ९६ हजार, एसको मूल्य ५२ लाख ९६ हजार, एसएक्सको मूल्य ५९ लाख ९६ हजार र एसएक्स सीभीटी पेट्रोलको मूल्य ६५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...