हुन्डाई क्रेटा ईभी लन्च मिति पुष्टि, जनवरी २०२५ मा लन्च हुने

हुन्डाई क्रेटा ईभी परीक्षणको क्रममा देखिएको छ, जसका कारण हुन्डाई क्रेटा ईभी अब छिट्टै भारतमा लन्च हुने अनुमान गरिएको छ । यो सँगै अब यसको लन्चिङ डेट पनि पक्का भएको छ । हालै हुन्डाई इन्डियाका प्रमुख अपरेटिङ अफिसर (सीओओ) तरुण गर्गले लगानीकर्ताको बैठकमा यसको सुरुवातको खुलासा गरेका हुन्। उनका अनुसार हुन्डाई क्रेटा ईभी जनवरी २०२५ मा लन्च हुनेछ ।

क्रेटा ईभीको डिजाइन क्रेटा आईसीई जस्तो देखिएको छ। यसमा कनेक्टेड एलईडी डीआरएल सेटअपको साथमा समान हेडलाइट डिजाइन देख्न सकिन्छ । साथै यसको टेल लाइटको डिजाइन पनि आईसीई क्रेटा जस्तै हुनेछ। यसमा एरोडायनामिकली डिजाइन गरिएको अलोय ह्विल पनि हुनेछ, जसको साइजमा १७ इन्च हुन सक्ने अनुमान गरिएको छ ।

क्रेटा ईभीमा ड्युअल टोन इन्टेरियर र ड्युअल स्क्रिन डिस्प्ले हुनेछ । साथै यसमा नयाँ ३ स्पोक स्टेयरिङ ह्विल र स्टेयरिङ ह्विलको पछाडि ड्राइभ सिलेक्टर हुनेछ । टिजरका अनुसार क्रेटा ईभीमा १०.२५ इन्चको टचस्क्रिन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले हुनेछ । यसमा अल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, वायरलेस फोन चार्जर र भेन्टिलेटेड फ्रन्ट सिट पनि उपलब्ध हुनेछ ।

सेफ्टीका लागि क्रेटा ईभीमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर देख्न सकिन्छ। यसमा अटो इमर्जेन्सी ब्रेकिङ, लेन असिस्ट र एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता केही एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम प्रविधि पनि हुने सम्भावना छ । हुन्डाईले अहिलेसम्म आफ्नो ब्याट्री प्याक र इलेक्ट्रिक मोटरको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन। यसमा धेरै ब्याट्री प्याक विकल्प हुनेछ, जसले फुल चार्ज पछि ४०० किलोमिटरसम्मको रेन्ज दिनेछ ।

हुन्डाई क्रेटा ईभीको मूल्य करिब २० लाख भारु हुन सक्ने अनुमान गरिएको छ । यसले एमजी जेडएस ईभी, टाटा कर्भ ईभी र आगामी मारुती ई-भिटारा सँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

१.२ लिटर क्षमताको नयाँ टर्बो–पेट्रोल इन्जिन विकास गर्दै हुन्डाई

१.२ लिटर क्षमताको नयाँ टर्बो–पेट्रोल इन्जिन विकास गर्दै हुन्डाई

हुन्डाईले भारतिय बजारकै लागि भनेर नयाँ इन्जिन विकास गर्ने भएको छ । सो नयाँ...

१२२ वर्ष पहिलेको इतिहास : यस्तो थियो पहिलो आधुनिक अटो शो

१२२ वर्ष पहिलेको इतिहास : यस्तो थियो पहिलो आधुनिक अटो शो

अमेरिकाको न्युयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा सन् १९०० को...

नेपाली बजारमा औपचारिक रुपमा भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट

नेपाली बजारमा औपचारिक रुपमा भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...