हुन्डाईले ल्याउने भयो क्रेटाको अझै सस्तो भेरिएन्ट एसएक्स एक्जिक्युटिभ, ४ लाख जति कम मूल्य पर्ने

हुन्डाई क्रेटाको लोकप्रियता लगातार रुपमा चुलिदो छ । विभिन्न भेरिएन्टमा उपलब्ध क्रेटाको हाल उपलब्ध भेरिएन्ट मध्ये सबैभन्दा सस्तो भेरिएन्ट आउने भएको छ । यसको नाम एसएक्स एक्जिक्युटिभ रहने बताइएको छ ।

एसएक्स एक्जिक्युटिभ भेरिएन्ट हाल उपलब्ध सबैभन्दा सस्तो एसएक्स भेरिएन्ट भन्दा तल हुनेछ । यसमा १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेलको विकल्प हुनेछ । भारतीय बजारमा एसएक्स भेरिएन्ट भन्दा एसएक्स एक्जिक्युटिभ भेरिएन्टको मूल्य ७९ हजार भारु कम हुने बताइएको छ ।

नेपाली बजारमा उपलब्ध पेट्रोल इन्जिनयुक्त हुन्डाई क्रेटाको सबैभन्दा सस्तो भेरिएन्ट एसएक्सको मूल्य ६१ लाख ५६ हजार रुपैयाँ छ । यसका आधारमा आगामी दिनमा हुन्डाई क्रेटाको सबैभन्दा सस्तो भेरिएन्ट एसएक्स एक्जिक्युटिभको मूल्य ४ लाख रुपैयाँ हाराहारीले कम हुने अनुमान गर्न सकिन्छ ।

नयाँ एसएक्स एक्जिक्युटिभ भेरिएन्टमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुलिंक इन्टरनेट कनेक्टिभिटी, स्मार्टफोन कनेक्टिभिटी, बर्गलर अलार्म, आर्कमिस साउन्ड मुड, ड्राइभर रियरभ्यु मिरर, भ्वाइस रिकग्नाइजेसन बटन जस्ता फिचर उपलब्ध हुनेछन् ।

त्यसैगरी डे नाइट मिरर र बडी कलर डोर ह्यान्डल पनि हुनेछ । त्यसैगरी ब्लुटुथ माइक, स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल, सार्क फिन एन्टेना, रियर भ्यु क्यामेरा र यूएसबी पोर्ट उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले भारतमा ९० लाख कार बिक्री गर्दै बनायाे ऐतिहासिक रेकर्ड

हुन्डाईले भारतमा ९० लाख कार बिक्री गर्दै बनायाे ऐतिहासिक रेकर्ड

हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतमा आफ्नो ३० वर्ष पूरा गर्न लाग्दै...

क्रेटा ईभीको रेन्ज २५ किमी सम्म बढ्ने, सर्भिस सेन्टरमा सम्पर्क गर्न हुन्डाई नेपालको आग्रह

क्रेटा ईभीको रेन्ज २५ किमी सम्म बढ्ने, सर्भिस सेन्टरमा सम्पर्क गर्न हुन्डाई नेपालको आग्रह

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...

१२२ वर्ष पहिलेको इतिहास : यस्तो थियो पहिलो आधुनिक अटो शो

१२२ वर्ष पहिलेको इतिहास : यस्तो थियो पहिलो आधुनिक अटो शो

अमेरिकाको न्युयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा सन् १९०० को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...