रेलमा सरर ….. हुन्डाईका कार अब रेलबाट नेपाल आउने

भारतबाट नेपाल निर्यात हुने कारहरु हुन्डाईले रेलबाट पठाउने भएको छ । यसबारे रेलवे आफैँले एक ट्विट गर्दै तस्बिरहरु सेयर समेत गरेको छ । यस सम्बन्धी समाचार भारतको प्रतिष्ठित पत्रिका नवभारत टाइम्सले समेत सार्वजनिक गरेको छ । तस्बिरमा रेलवे कन्टेनरमा कार लोड भइरहेको देख्न सकिन्छ।

ट्विटमा लेखिएको छ, ‘भारतीय रेलवेले तमिलनाडुको वालाजाबादबाट उत्तरप्रदेशको नौतनवासम्म १ सय २५ वटा कार लोड गरेको हो। यी कारहरु नेपालसम्म पु(याइनेछ ।’

२ कारणले रेलबाट कार निर्यात
हुन्डाईका अनुसार रेलवेबाट कार निर्यात गर्दा कम समय लाग्नेछ भने यसो गर्दा वातावरणमैत्री पनि हुनेछ। किनभने सडकबाट ट्रकमा कार पठाउनुपर्छ। यसबाट वातावरण प्रदूषण हुन्छ।

रेलवेको अधिकांश रेल बिजुलीबाट चल्ने छन्। यसले प्रदूषण नहुने कम्पनीले बताएको छ। हुन्डाईले रेलवेबाट कार निर्यात गर्दा करिब २० हजार २ सय ६० टन कार्बन फुटप्रिन्ट कम हुनेछ।

धेरै कार निर्यातक हो हुन्डाई
नेपालमा हुन्डाईका धेरै कार बिक्री हुने गरेको छ। भारतमा मात्रै हुन्डाईले करिब १४ प्रतिशत कार रेलवेबाटै ट्रान्सपोर्ट गर्छ। पानीजहाजबाट बाहिरी देशमा निर्यात गर्छ। भारतबाट सबैभन्दा धेरै कार हुन्डाईले नै निर्यात गर्छ। हुन्डाईको कार भारतबाट करिब ८८ देशमा निर्यात हुने गरेको छ।

नयाँ आई२० पनि निर्यात
नयाँ आई२० हुन्डाईले केही महिनापहिले मात्रै सार्वजनिक गरेको थियो। यसको पनि निर्यात सुरु भएको कम्पनीले जनाएको छ। कम्पनीले पहिलो ब्याचमा १ सय ८० कार दक्षिण अफ्रिका, चिली र पेरुमा पठाएको छ।

हुन्डाईले सन् २००७ देखि नै भारतबाट कार निर्यात गर्दै आएको छ। अहिले हुन्डाई स्यान्ट्रो, ग्रान्ड आई१० नियोस, एक्सेन्ट, औरा, न्यु आई२० एक्टिभ, भरना, भेन्यु र क्रेटाजस्ता मोडल निर्यात गर्दै आएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...