जनरल मोटर्सलाई पछि पार्दै हुन्डाई वन्यो विश्वको तेस्रो ठूलो अटो उत्पादक

कोरियन अटो निर्माता हुन्डाई विश्वको तेस्रो ठूलो अटो उत्पादक वनेको छ । हुन्डाईले अमेरिकन अटो निर्माता जनरल मोटर्स र स्टालान्टिसलाई पछि पार्दै पहिलो पटक विश्वको तेस्रो ठूलो अटो उत्पादक वनेको हो । हुन्डाई भन्दा अगाडी अव टोयोटा र फक्स्वागन मात्र रहेका छन् । हुन्डाईले ५५ वर्षअघि कोरियाबाट सवारी साधन उत्पादन थालेको थियो ।

सन् २०२१ मा उत्पादन भई बिक्री भएको कुल सवारीसाधनको संख्यालाई आधार मान्दा हुन्डाइले यस्तो उपलव्धी हाँसिल गरेको हो । सो वर्ष हुन्डाइले कुल ६६ लाख सवारीसाधन बिक्री गर्दा पहिलो स्थानमा रहेको टोयोटाले १ करोड ५ लाख र फक्सवागनले ८९ लाख सवारीसाधन बिक्री गरेका थिए ।

यो वर्ष कम्पनीको बिक्री अझै बृद्धि हुने अनुमान लगाइएको छ । जसका कारण पहिलो र दोस्रो स्थानमा रहेको टोयोटा र फक्सवागनसंगको दुरी अझै कम हुने र अहिलेकै रफ्तार कायम रहिरहे सन् २०२३ पछि फक्सवागनलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सक्ने आँकलन गरिएको छ । यो वर्ष कम्पनीको आम्दानी २१ प्रतिशतले बृद्धि हुने आँकलन गरिएको छ ।

हुन्डाई मोटर्सका उत्पादनको माग उत्तर अमेरिकी मुलकमा बृद्धि भएपछि यस्तो उपलब्धी हाँसिल गर्न सफल भएको हो । अघिल्लो वर्ष अमेरिका, क्यानाडा र मेक्सिकोमा मात्र कम्पनीले कुल बिक्रीको २१ प्रतिशत हिस्सा बिक्री गरेको थियो । न्यू इनर्जी भेइकलमा समेत अर्वौ डलर लागनी गर्ने घोषणा गरेको हुन्डाइको आगामी दिनमा बिक्री अझै वढेर जाने निश्चित प्राय वनेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले सुजुकी फ्रङ्क्ससँग प्रतिस्पर्धा गर्न नयाँ क्रसओभर ल्याउँदै

हुन्डाईले सुजुकी फ्रङ्क्ससँग प्रतिस्पर्धा गर्न नयाँ क्रसओभर ल्याउँदै

हुन्डाईले मारुती सुजुकीको फ्रङ्क्स एसयूभीसँग प्रतिस्पर्धा गर्ने तयारी...

हुन्डाईको मिनी एसयूभी क्यास्पर लन्च हुन अझै एक वर्ष लाग्ने, टाटा पन्च लगायतसंग प्रतिस्पर्धा हुने

हुन्डाईको मिनी एसयूभी क्यास्पर लन्च हुन अझै एक वर्ष लाग्ने, टाटा पन्च लगायतसंग प्रतिस्पर्धा हुने

हुन्डाइले आफ्नो पहिलो इन्ट्रि लेवल एसयूभी क्यास्परलाई बजारमा ल्याउन अझै...

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ विजेता घोषणा, गुरागाईले जिते हुन्डाई एक्सटर

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ विजेता घोषणा, गुरागाईले जिते हुन्डाई एक्सटर

काठमाडौं – ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर विजेता घोषणा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...