जनरल मोटर्सलाई पछि पार्दै हुन्डाई वन्यो विश्वको तेस्रो ठूलो अटो उत्पादक

कोरियन अटो निर्माता हुन्डाई विश्वको तेस्रो ठूलो अटो उत्पादक वनेको छ । हुन्डाईले अमेरिकन अटो निर्माता जनरल मोटर्स र स्टालान्टिसलाई पछि पार्दै पहिलो पटक विश्वको तेस्रो ठूलो अटो उत्पादक वनेको हो । हुन्डाई भन्दा अगाडी अव टोयोटा र फक्स्वागन मात्र रहेका छन् । हुन्डाईले ५५ वर्षअघि कोरियाबाट सवारी साधन उत्पादन थालेको थियो ।

सन् २०२१ मा उत्पादन भई बिक्री भएको कुल सवारीसाधनको संख्यालाई आधार मान्दा हुन्डाइले यस्तो उपलव्धी हाँसिल गरेको हो । सो वर्ष हुन्डाइले कुल ६६ लाख सवारीसाधन बिक्री गर्दा पहिलो स्थानमा रहेको टोयोटाले १ करोड ५ लाख र फक्सवागनले ८९ लाख सवारीसाधन बिक्री गरेका थिए ।

यो वर्ष कम्पनीको बिक्री अझै बृद्धि हुने अनुमान लगाइएको छ । जसका कारण पहिलो र दोस्रो स्थानमा रहेको टोयोटा र फक्सवागनसंगको दुरी अझै कम हुने र अहिलेकै रफ्तार कायम रहिरहे सन् २०२३ पछि फक्सवागनलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सक्ने आँकलन गरिएको छ । यो वर्ष कम्पनीको आम्दानी २१ प्रतिशतले बृद्धि हुने आँकलन गरिएको छ ।

हुन्डाई मोटर्सका उत्पादनको माग उत्तर अमेरिकी मुलकमा बृद्धि भएपछि यस्तो उपलब्धी हाँसिल गर्न सफल भएको हो । अघिल्लो वर्ष अमेरिका, क्यानाडा र मेक्सिकोमा मात्र कम्पनीले कुल बिक्रीको २१ प्रतिशत हिस्सा बिक्री गरेको थियो । न्यू इनर्जी भेइकलमा समेत अर्वौ डलर लागनी गर्ने घोषणा गरेको हुन्डाइको आगामी दिनमा बिक्री अझै वढेर जाने निश्चित प्राय वनेको छ ।

सम्बन्धित समाचारहरू

ग्रान्ड आई१० नियोस फेसलिफ्टको चार भेरिएन्ट नेपाल आउने, यस्तो छ मूल्य

ग्रान्ड आई१० नियोस फेसलिफ्टको चार भेरिएन्ट नेपाल आउने, यस्तो छ मूल्य

हुन्डाईको लोकप्रिय ह्याचव्याक कार ग्रान्ड १० नियोस फेसलिफ्टको चार...

भेन्यु पछि आई १० र क्रेटा पनि नेपालमै एसेम्बल हुने

भेन्यु पछि आई १० र क्रेटा पनि नेपालमै एसेम्बल हुने

काठमाडौं – लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाई भेन्यु बजारमा उपलब्ध गराए...

लन्च भएको २ महिनामै ७५ हजार बढी क्रेटा फेसलिफ्ट बुकिङ

लन्च भएको २ महिनामै ७५ हजार बढी क्रेटा फेसलिफ्ट बुकिङ

हुन्डाईले हालसालै लन्च गरेको क्रेटा फेसलिफ्टमा भारतीय ग्राहकले अत्याधिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...